२०८२, २० असार शुक्रबार

अरनिको र बीपी राजमार्गमा लकडाउन कार्यान्वयन गर्न प्रहरी तैनाथ

अरनिको र बीपी राजमार्गमा लकडाउन कार्यान्वयन गर्न प्रहरी तैनाथ


धुलिखेल, १३ चैतः जिल्ला प्रशासन कार्यालय काभ्रले लकडाउनको तेस्रो दिन दुई राजमार्गमा थप कडाई गरेको छ । अरनिको र बीपी राजमार्गमा बिहानै देखि थप सुरक्षा कर्मी परिचालित छन् । राजमार्गमा नेपाल प्रहरी र सशस्त्र प्रहरीले सरकारले घोषण गरेको लकडाउन उल्लंघन गरी सवारी चलाउनेलाई कारबाही गर्ने गरेको छ ।

जिल्ला प्रहरी कार्यालयले राजमार्ग केन्द्रित गस्ती बढाएको छ । चेक पोइन्टहरुलाई पनि थप कडाइ गर्न निर्देशन दिइएको छ । प्रहरीले बुधबार सरकारको निर्णय उल्लंघन गर्ने १७१ वटा मोटरसाइकल, ३ वटा मिनिट्रक, १२ वटा स्कुटर, ४ वटा कार, १ वटा स्कर्पियो, ४ वटा साइकल र दुई मानिसलाई कारबाही गरेको थियो ।

एम्बुलेन्स, खाद्यन्न, तरकारी, दूध, पानी बोक्ने जस्ता अत्यावश्य सवारी साधन बाहेक अन्य सवारी साधन सञ्चालनमा रोक लगाइएको जिल्ला प्रशासन कार्यालयले काभ्रेले जनाएको छ ।

प्रकाशित मिति : २०७६, १३ चैत्र बिहीबार  ९ : २७ बजे

रामेछापका आधा सरकारी कार्यालय स्वतः प्रकाशित गर्नुपर्ने सूचना पनि प्रकाशित गर्दैनन्

रामेछाप । रामेछाप जिल्लाका झण्डै आधा सरकारी कार्यालयमा सूचनाको हक

तस्विरमा धरहरा वरपरकाे क्षेत्र

काठमाडौं । धरहरा परिसर पुनर्निर्माणपछि थप आकर्षक र व्यवस्थित बनेको

टी २० महिला क्रिकेटमा कास्कीले नवलपुरलाई हरायो

पोखरा । पोखरामा जारी गण्डकी प्रदेश दोस्रो महिला टी२० क्रिकेट

आज दुई संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची

काठमाडौं । संघीय संसद्अन्तर्गत शुक्रबार दुईवटा संसदीय समितिको बैठक बस्दैछ

राष्ट्रियसभाको बैठक बस्दै

काठमाडौं । सङ्घीय संसद् राष्ट्रियसभाको बैठक शुक्रबार बस्दैछ । बैठक