२०८२, २२ असार आईतबार

लिसंखु र पाखरमा १० बेडको क्वारेन्टाइन तयार 

लिसंखु र पाखरमा १० बेडको क्वारेन्टाइन तयार 


धुलिखेल, १२ चैतः सिन्धुपाल्चोक जिल्लाको लिसंखु–पाखर गाउँपालिकाले दुई ठाउँमा १० क्वारेन्टाइन तयार गरेको छ । पालिकाले वडा नम्बर ७ स्थित १० काठे डाँडापाखर स्वास्थ्य चौकीको ५ कोठालाई क्वारेन्टाइनको रुपमा तयार पारेको हो ।

त्यस्तै वडा नम्बर २ लिसंखुमा नवनिर्मित प्रहरी चौकीको १० कोठा मध्ये ५ वटा कोठामा क्वारेन्टाइन तयार गरिएको प्रमुख प्रशासकीय अधिकृत पूर्णप्रसाद दुलालले जानकारी दिए । उनका अनुसार डाँडापाखर स्वास्थ्य चौकी र प्रहरी चौकीको बाँकी ५/५ कोठा पनि जुनसुकै बेला क्वारेन्टाइन बनाउन मिल्ने गरी तयारी अवस्थामा राखिएको छ ।

पालिकाले वडा नम्बर २ र ४ को सिमानामा रहेको जन सहयोग आधारभुत विद्यालयलाई पनि क्वारेन्टाइनका रपमा सञ्चालन गर्ने गरी पूर्व तयारी गरेको छ । पालिकाको केन्द्र भुलभुलेमा हेल्थ डेस्क स्थापना गरिएको छ । पालिकाभित्रका सबै स्वास्थ्य संस्थाका कर्मचारीलाई उच्च तयारीका साथ राखिएको छ भने आवश्यक सबै सामग्री एक÷दुईदिन भित्रै पुर्याइने प्रमुख प्रशासकीय अधिकृत दुलालले बताए ।

प्रकाशित मिति : २०७६, १२ चैत्र बुधबार  २ : २८ बजे

सहिदभूमिमा सरसफाई अभियान

धनकुटा । सहिदभूमि गाउँपालिका्को वडा न ६ स्थिति स्थानीय बिहानी

सिङ्गापुरलाई हराउँदै नेपालले जित्यो इस्ट जोन कपको उपाधि

काठमाडौं । नेपालले एसिसी यू–१६ इस्ट जोन कप क्रिकेट प्रतियोगिताको

प्रधानमन्त्रीसँग मलेसियन व्यवसायीको भेट

काठमाडौँ । नेपालमा लगानीका सम्भावना र अवसरबारे मलेसियाली व्यवसायीहरूले प्रधानमन्त्री

एनआईसी एशिया र एनसीएचएलबीच सम्झौता

काठमाडौं । एनआईसी एशिया बैंक र नेपाल क्लियरिङ हाउस लिमिटेड

महालक्ष्मी विकास बैंकको सामाजिक उत्तरदायित्वका कार्यक्रम सम्पन्न

काठमाडौं । महालक्ष्मी विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न