२०८२, ९ चैत्र मंगलबार

लिसंखु र पाखरमा १० बेडको क्वारेन्टाइन तयार 

लिसंखु र पाखरमा १० बेडको क्वारेन्टाइन तयार 


धुलिखेल, १२ चैतः सिन्धुपाल्चोक जिल्लाको लिसंखु–पाखर गाउँपालिकाले दुई ठाउँमा १० क्वारेन्टाइन तयार गरेको छ । पालिकाले वडा नम्बर ७ स्थित १० काठे डाँडापाखर स्वास्थ्य चौकीको ५ कोठालाई क्वारेन्टाइनको रुपमा तयार पारेको हो ।

त्यस्तै वडा नम्बर २ लिसंखुमा नवनिर्मित प्रहरी चौकीको १० कोठा मध्ये ५ वटा कोठामा क्वारेन्टाइन तयार गरिएको प्रमुख प्रशासकीय अधिकृत पूर्णप्रसाद दुलालले जानकारी दिए । उनका अनुसार डाँडापाखर स्वास्थ्य चौकी र प्रहरी चौकीको बाँकी ५/५ कोठा पनि जुनसुकै बेला क्वारेन्टाइन बनाउन मिल्ने गरी तयारी अवस्थामा राखिएको छ ।

पालिकाले वडा नम्बर २ र ४ को सिमानामा रहेको जन सहयोग आधारभुत विद्यालयलाई पनि क्वारेन्टाइनका रपमा सञ्चालन गर्ने गरी पूर्व तयारी गरेको छ । पालिकाको केन्द्र भुलभुलेमा हेल्थ डेस्क स्थापना गरिएको छ । पालिकाभित्रका सबै स्वास्थ्य संस्थाका कर्मचारीलाई उच्च तयारीका साथ राखिएको छ भने आवश्यक सबै सामग्री एक÷दुईदिन भित्रै पुर्याइने प्रमुख प्रशासकीय अधिकृत दुलालले बताए ।

प्रकाशित मिति : २०७६, १२ चैत्र बुधबार  २ : २८ बजे

रविको मुद्दामा आज पनि सुनुवाइ हुँदै

काठमाडौं । रवि लामिछानेसँग सम्बन्धित मुद्दामा आज पनि सर्वोच्च अदालतमा

संसदको पहिलो बैठकमा हर्क साम्पाङका ४ प्रस्ताव, एमसीसी खारेज पहिलो एजेन्डा

विराटनगर । हर्क साम्पाङ ले प्रतिनिधिसभाको पहिलो बैठकमै एमसीसी खारेजी

रास्वपाले बोलायो केन्द्रीय समिति बैठक, दलको नेता चयन हुने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समिति बैठक बोलाएको

कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै हस्ताक्षर अभियान

काठमाडौँ । स्वतन्त्र विद्यार्थी यूनियन (स्ववियू), त्रिचन्द्र बहुमुखी क्याम्पसले जेन्जी

गगन थापाको राजीनामा अस्वीकार, कांग्रेसले देखायो ८ आधार

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले सभापति गगन कुमार