२०८३, ३० भाद्र बुधबार

काभ्रेका दुई सांसदले दिए एक महिनाको सेवा सुविधा बापत रकम आपत्कालीन कोषलाई

काभ्रेका दुई सांसदले दिए एक महिनाको सेवा सुविधा बापत रकम आपत्कालीन कोषलाई


धुलिखेल, १२ चैतः काभ्रे निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित संघीय सांसद र प्रदेश सांसदले कोरोना भाइरस विरुद्ध सरकारले स्थापना गरेको कोषमा रकम जम्मा गरेका छन् । संघीय सांसद गोकुल बास्कोटा र प्रदेशसभा सांसद बसुन्धरा हुमागाईले रकम जम्मा गर्ने बताएका हुन् ।

बागमती प्रदेशमा प्रतिनिधित्व गर्ने सांसद हुमागाईले आपत्कालिन कोषमा रकम जम्मा गर्ने घोषणा गरेका छन् । उनले आफुले एक महिनाभर पाउने सम्पूर्ण सेवा सुविधा बापतको रकम मुख्यमन्त्री आपत्कालिन कोषमा जम्मा गर्ने घोषण गरेका हुन् ।

सांसद हुमागाईले बुधबार सामाजिक सञ्चाल फेसबुक मार्फत बागमती प्रदेश सरकारको आपत्कालिन कोषमा रकम जम्मा गर्ने घोषण गरे । ‘अहिले यो परिस्थिति निकै जटिल छ, विश्व नै संकटसँग जुद्धि रहेको छ, यस्तो बेला एकले अर्कोलाई सहयोग गरे मात्रै समस्या टार्न सकिन्छ, सांसद हुमागाईले भने ‘मैले पनि थोरै सहयोग गरेको हुँ ।’ सांसद हुमागाँईले आपत्कालिन कोषमा रकम जम्मा गरिदिनका लागि संसद सचिवालयलाई आग्रह गरिरहेको बताए ।

यसअघि काभ्रे निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित संघीय सांसद एवं पूर्व सञ्चार तथा सुचना मन्त्री गोकुल बाँस्कोटाले पनि १ महिनाको सम्पूर्ण सेवा सुविधा बापत पर्ने प्रधानमन्त्री राहत कोषमा दिएका थिए ।

प्रकाशित मिति : २०७६, १२ चैत्र बुधबार  १२ : ५३ बजे

सांसद बोलिरहेकै बेला गृहमन्त्री हिँडेपछि सदनमा बबाल, ऐन महरले सोधे-‘मर्यादा प्रतिपक्षले मात्रै राख्ने हो ?’

काठमाडौं । प्रतिनिधिसभामा सांसद बोलिरहेका बेला गृहमन्त्री अगाडिबाट हिँडेपछि नेकपा एमालेका

एमालेको प्रधानमन्त्रीलाई चेतावनी : ‘एक्लै काफी छु’ भन्ने अहंकार नदेखाउनू

काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री बालेन शाहलाई विपद्को समयमा ‘एक्लै काफी

चीनको बढ्दो प्रभावले बदलिँदै विश्व व्यवस्था, अमेरिका–चीन द्वन्द्वको जोखिम उच्च

काठमाडौं । चीनले राष्ट्रपति सी चिनफिङको नेतृत्वमा विश्व व्यवस्थामा आफ्नो

अब एटीएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने

काठमाडौं । नेपाल राष्ट्र बैंकले दशैँ तिहारलाई लक्षित गर्दै बैंक

सूर्यविनायक गणेश रथारोहण एवं रथ जात्राको तयारी पुरा

भक्तपुर, २९ भदौ : गणेश जन्मोत्सवको अवसरमा उपत्यकाका चार विनायक