धुलिखेल, १२ चैतः कोरोना भाइरस रोकथामका लागि सरकारले लकडाउनको पहिलो (हिजो) अरनिको र बीपी राजमार्गमा सवारी साधनलाई निर्वाध चल्न दिएको काभ्रे प्रशासनले बुधबार (आज) भने निकै कडाइ गरेको छ । विहानै देखि प्रहरी चोक–चोकमा परिचालित भएका छन् ।
सुरक्षा निकाय, एम्बुलेन्स, दूध, खाद्यन्न, तरकारी जस्ता अत्यावश्यक वस्तु ओसारपसार गर्ने सवारी साधन गुडेका छन् । तर हिजोको तुलनामा आज निजी कार, जिप, मोटरसाइकल पनि निकै कम गुडेका छन् । चोक–चोकमा बसेका सुरक्षा कर्मीले मोटरसाइकलमा सवार ब्यक्तिलाई सम्झाउने, बुझाउने गरेका छन् । कतिपयलाई जताबाट आएको उतै फर्काएको दृश्य देख्न सकिन्छ ।
जिल्ला प्रहरी कार्यालय धुलिखेले आफ्नो सिमाक्षेत्र भित्र कोहि पनि नागरिकलाई घर बाहिर नस्किन माइकिङ मार्फत उर्दी जारी गर्न थालेको छ । तर केहि स्थानीयले अटेर गर्दै अनावश्यक रुपमा पनि हिड्डुल गरिरहेको प्रहरीको भनाई छ ।
प्रतिक्रिया