२०८३, १२ कार्तिक बिहीबार

तेमालमा १९ लाखको स्वास्थ्य विपद् ब्यवस्थापन कोष, घर बाहिर निस्कन निषेध

तेमालमा १९ लाखको स्वास्थ्य विपद् ब्यवस्थापन कोष, घर बाहिर निस्कन निषेध


धुलिखेल, ११ चैतः तेमाल गाउँपालिकाको आपतकालिन बैठकले कोरोना भाइरस विरुद्ध लड्न १९ लाखको स्वास्थ्य विपद् ब्यवस्थापन कोष स्थापना गरेको छ । मंगलबार बसेको बैठकले यस्तो निर्णय गरेको प्रवक्ता ज्ञान बहादुर तामाङले जानकारी दिए । बैठकले आजै देखि लागु हुने गरी तेमाल गाउँपालिकालाई पूर्ण रुपमा लकडाउने गर्ने पनि निर्णय गरेको छ ।

बैठकले तेमाल गाउँबासीलाई घर बाहिर निस्कन निषेध गर्ने निर्णय पनि गरेको छ । बैठकले २४ औँ घण्टा स्वास्थ्य कर्मीहरुलाई अलर्टमा बस्न निर्देशन दिएको छ । अन्य कर्मचारीहरुलाई समेत परिचालन गर्नुपर्ने भएकाले चैत १८ गते सम्म कर्मचारीलाई अति आवश्यक काम परेको अवस्थामा बाहेक बिदा स्वीकृत नगर्ने पनि निर्णय गरेको छ ।

पुरा निर्णय

प्रकाशित मिति : २०७६, ११ चैत्र मंगलबार  ३ : २४ बजे

चार घण्टा रवि–बालेनको गोप्य संवाद, ठाकुर गैरेको प्रश्न-‘खिल निस्कियो कि थपियो ?’

काठमाडौं। प्रधानमन्त्री बालेन शाह र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति

कांग्रेस इतर समूहले भन्यो : ९० क्षेत्रको क्षेत्रीय अधिवेशन सकियो 

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहले १५ औं महाधिवेशन

मंसिरभर जनतामाझ जाने कांग्रेसको तयारी, गगनले घोषणा गरे ‘कांग्रेस तयार छ’ अभियान

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले महाधिवेशनबाट पारित नीति

स्पेनको रेल दुर्घटनाप्रति नेपालद्वारा दुःख व्यक्त

काठमाडौं । स्पेनको टोलेडो प्रान्तमा भएको दु:खद रेल दुर्घटनाप्रति नेपाल

एनपीएल : कर्णालीले टस जित्यो, विराटनगरलाई ब्याटिङ

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको दोस्रो खेलमा कर्णाली