२०८२, ९ चैत्र मंगलबार

बनेपा र धुलिखेलका युवा पनि थिए कोरोना पुष्टि भएकै युवती सवार जहाजमा

बनेपा र धुलिखेलका युवा पनि थिए कोरोना पुष्टि भएकै युवती सवार जहाजमा


धुलिखेल, १२ चैत: फ्रान्सबाट दोहा ट्राञ्जिट भएर चैत्र ४ गते काठमाडौ ओर्लिएका बनेपा र धुलिखेलका दुई युवा चिकित्सकको सम्पर्कमा आएका छन् । सोहि जहाजमा सवार नगरपालिका वडा नम्बर २ का र धुलिखेल नगरपालिका वडा नम्बर ९ का चिकित्सकको सम्पर्कमा आएका हुन् ।

फ्रान्सबाट १९ वर्षे नेपाली विद्यार्थी कतार हुँदै चैत ४ गते कतार एयरवेजबाट काठमाडौं आएकी र त्यसको ७ दिनपछि आइतबार उनमा कोरोना भाइरसको पोजेटिभ लक्षण देखिएको मंगलबार पत्रकार सम्मेलन मार्फत स्वास्थ्य मन्त्री भानुभक्त ढकालले जनाएका थिए ।

मार्च १७ तारिखका दिन नेपाल आएको कतार एयरवेजको फ्लाइट नं ‘क्यूआर ६५२’ मा सवार बनेपा नगरपालिका वडा नम्बर २ र धुलिखेल नगरपालिका वडा नम्बर ९ का यात्रु  सम्पर्कमा आएको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डाक्टर नरेन्द्र कुमार झाले पुष्टि गरे । उनीहरु टेकु अस्पतालमा स्वास्थ्य परीक्षण पछि सेल्फ क्वारेन्टाइनमा रहेको उनले बताए ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार ‘क्यूआर ६५२’ जहाजमा १०६ जना यात्रु सवार रहेका थिए । नागरिक उड्डयन प्राधिकरणले उक्त जवारका सबै यात्रुलाई सम्पर्कमा आउन भनेको थियो ।

प्रकाशित मिति : २०७६, ११ चैत्र मंगलबार  १२ : ५० बजे

रविको मुद्दामा आज पनि सुनुवाइ हुँदै

काठमाडौं । रवि लामिछानेसँग सम्बन्धित मुद्दामा आज पनि सर्वोच्च अदालतमा

संसदको पहिलो बैठकमा हर्क साम्पाङका ४ प्रस्ताव, एमसीसी खारेज पहिलो एजेन्डा

विराटनगर । हर्क साम्पाङ ले प्रतिनिधिसभाको पहिलो बैठकमै एमसीसी खारेजी

रास्वपाले बोलायो केन्द्रीय समिति बैठक, दलको नेता चयन हुने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समिति बैठक बोलाएको

कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै हस्ताक्षर अभियान

काठमाडौँ । स्वतन्त्र विद्यार्थी यूनियन (स्ववियू), त्रिचन्द्र बहुमुखी क्याम्पसले जेन्जी

गगन थापाको राजीनामा अस्वीकार, कांग्रेसले देखायो ८ आधार

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले सभापति गगन कुमार