२०८२, ९ चैत्र मंगलबार

काभ्रेका चार स्थानीय तहमा सवारी साधन प्रवेशमा रोक

काभ्रेका चार स्थानीय तहमा सवारी साधन प्रवेशमा रोक


धुलिखेल, १० चैत्र । काभ्रे जिल्लाका चारवटा स्थानीय तहले आ–आफ्नो सीमा नाकाबाट सवारी साधन प्रवेशमा रोक लगाएका छन् । जिल्लाको डाँडापारी क्षेत्रमा पर्ने महाभारत गाउँपालिकाले आज साँझ ६ बजेदेखि सवारी साधन प्रवेशमा रोक लगाएको हो । आज दिउँसो कार्यपालिकाको आकस्मिक बैठक बसेर साँझ ६ बजेदेखि अत्यावश्यक सवारी साधनबाहेक अन्य सवारी साधनलाई प्रवेश गर्न नदिने निर्णय गरेको थियो । अर्को सूचना जारी नहुँदासम्मका लागि सवारीसाधन सञ्चालन हुन नपाउने प्रवक्ता प्रविन मोक्तानले जानकारी दिएका छन् ।

त्यसैगरी बनेपा नगरपालिकाले पनि अरनीको राजमार्गबाहेक अन्य ठाउँमा सवारी साधन ठप्प गर्ने निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत आनन्दराज पोखरेलले जनाएका छन् । अरनीको राजमार्गमा गाडी गुडे पनि साँगादेखि धुलिखेल नगरपालिकाको सिमासम्म यात्रु ओराल्न र चढाउन नपाइने नियम बनाएको छ ।

त्यस्तै धुलिखेल नगरपालिकाले पनि अत्यावश्यकबाहेक सार्वजनिक र निजी यातायातका साधन सञ्चालनमा रोक लगाउने निर्णय गरेको छ । प्रमुख प्रशासकीय अधिकृत नारानाथ लुइटेलकाअनुसार एम्बुलेन्स, दूध, तरकारी, खाद्यन्न ढुवानी गर्ने यातायातका साधन भने सञ्चालन हुनेछन् । यसैबीच खानीखोला गाउँपालिकाका प्रवक्ता मानबहादुर गोलेकाअनुसार भोली विहानदेखि गाउँपालिकाबाट सवारी आवगमन पूर्ण रुपले बन्द गरिएको जनाएका छनद् । अत्यावश्वकबाहेक कुनै पनि नाकाबाट सवारी आवगमन गर्न नपाइने उनले बताएका छन् ।

प्रकाशित मिति : २०७६, १० चैत्र सोमबार  ५ : ४९ बजे

रविको मुद्दामा आज पनि सुनुवाइ हुँदै

काठमाडौं । रवि लामिछानेसँग सम्बन्धित मुद्दामा आज पनि सर्वोच्च अदालतमा

संसदको पहिलो बैठकमा हर्क साम्पाङका ४ प्रस्ताव, एमसीसी खारेज पहिलो एजेन्डा

विराटनगर । हर्क साम्पाङ ले प्रतिनिधिसभाको पहिलो बैठकमै एमसीसी खारेजी

रास्वपाले बोलायो केन्द्रीय समिति बैठक, दलको नेता चयन हुने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समिति बैठक बोलाएको

कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै हस्ताक्षर अभियान

काठमाडौँ । स्वतन्त्र विद्यार्थी यूनियन (स्ववियू), त्रिचन्द्र बहुमुखी क्याम्पसले जेन्जी

गगन थापाको राजीनामा अस्वीकार, कांग्रेसले देखायो ८ आधार

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले सभापति गगन कुमार