२०८२, ८ पुस मंगलबार

धुलिखेलकाे सञ्जिवनी माविमा ५० बेडको क्वारेन्टाइन तयार

धुलिखेलकाे सञ्जिवनी माविमा ५० बेडको क्वारेन्टाइन तयार


धुलिखेल, १० चैतः धुलिखेल नगरपालिकाले काेराेना भाइरसका संक्रमित राख्न  धुलिखेलको सञ्जिवनी माध्यामिक विद्यालयमा ५० वेडको क्वारेन्टाइन कक्ष तयार गरेको छ । जिल्ला प्रशासन कार्यालय, नेपाली सेना र जिल्ला स्वास्थ्य कार्यालयको सहयोगमा नगरपालिकाले क्वारेन्टाइन तयार गरेको हो ।

आइतबार नगरपालिकामा बसेको बैठकले धुलिखेल नगरपालिकाभित्र रहेका होटल र विद्यालय भवन क्वारेन्टाइनका रुपमा प्रयोग गर्ने समेत निर्णय गरेको थियो । सोहि निर्णय अनुसार सञ्जिवनी माध्यामिक विद्यालयमा क्वारेन्टाइन तयार गरिएको नगर प्रमुख अशोक कुमार ब्याञ्जु श्रेष्ठले जानकारी दिए ।

बैठकले त्यस्तै चोक–चोकमा मानिसहरुको भिडभाड हुन नदिन नेपाल प्रहरी, नगरप्रहरी, जनप्रतिनिधिलाई आग्रह गर्ने समेत निर्णय गरेको थियो । बैठकले यातायात क्षेत्रमा भिडभाड नियन्त्रण गर्ने पनि निर्णय गरेको छ । त्यस्तै आपुर्ती ब्यवस्थालाई सहजीकरण गर्ने पनि निर्णय गरेको छ । नगरपालिकाले हटलाइन नम्बर समेत सुरु गरेको छ । कुनै संकट आइलागे १६६०११४९३२९ नम्बरमा खबर गर्न सकिने नगरप्रमुख ब्याञ्जुले बताए ।

 

 

प्रकाशित मिति : २०७६, १० चैत्र सोमबार  ११ : २६ बजे

के भयो रवि लामिछाने र बालेन साहबीच ६ घण्टा लामो वार्तामा ?

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र काठमाडौँ

मधेस प्रदेशसभाका नवनियुक्त सभामुख यादवद्वारा पदभार ग्रहण

धनुषा । मधेस प्रदेशसभाका नवनियुक्त सभामुख रामआशीष यादवले आज पदभार

संविधानको दायरामै सेना : जंगीअड्डाको ६ बुँदे स्पष्टिकरण

काठमाडौं । जेनजी आन्दोलनपछिको अवस्थालाई सहज तुल्याउने सन्दर्भमा राष्ट्रपति र

मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाको विश्वासको मत

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले सिंगो प्रदेशसभाबाट विश्वासको

एमाले केन्द्रीय कमिटी बैठक : कार्यविभाजनको जिम्मा सचिवालयलाई दिने प्रस्ताव

काठमाडौं । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनपछि पहिलोपटक केन्द्रीय कमिटी