धुलिखेल, ९ चैतः काभ्रेको अति विकट डाँडापारी क्षेत्रमा रहेको महाभारत गाउँपालिकाले कोरोना भाइरसको रोकथामका लागि पालिकाभित्र प्रवेश गर्ने ४ वटा नाकामा स्वास्थ्य परीक्षण गर्ने भएको छ । आइतबार पालिकामा बसेको कार्यपालिका बैठकले बुढाखानी डाँडा, बुढाखानीकै कलवन, बनखुका राङचा र गोकुलेको रञ्जेडाँडामा हेल्थ डेक्स स्थापना गरी स्वास्थ्य परिक्षण सुरु गर्ने निर्णय गरिएको प्रवक्ता रविन मोक्तानले जानकारी दिए ।
कार्यपालिका बैठकले उपाध्यक्ष चेतकुमारी माझीको संयोजकत्वमा उद्धार समिति बनाएको छ । वडा नम्बर ४ मा रहेको महासिद्धी प्राथमिक विद्यालयको भवनलाई क्वारेन्टाईनको रुपमा प्रयोग गर्ने पनि निर्माण गरेको छ । त्यसैगरी अत्यावश्क बाहेक राती ६ बजेपछि महाभारत गाउँपािलकाभित्र सवारी साधन चलाउन रोक लगाउने निर्माण पनि गरेको छ ।
पालिको अन्य निर्णय यस्तो छ ।
प्रतिक्रिया