२०८३, १९ श्रावण बुधबार

मण्डनदेउपुर नगरपालिकाले भन्यो नआत्तिनुस्, ‘निःशुल्क एम्बुलेन्सको ब्यवस्था छ’

मण्डनदेउपुर नगरपालिकाले भन्यो नआत्तिनुस्, ‘निःशुल्क एम्बुलेन्सको ब्यवस्था छ’


धुलिखेल, ९ चैतः काभ्रेको मण्डनदेउपुर नगरपालिकाले निःशुल्क एम्बुलेनस सेवा उपलब्ध गराउने भएको छ । नगरपालिकामा आज सबेको आकस्मिक बैठकले विभिन्न ठाउँमा स्वास्थ्य परीक्षण केन्द्र सञ्चालन गर्ने निर्णय गरेको छ ।

स्वास्थ्य परीक्षण गराउने क्रममा धेरै ज्वरो आएको भेटिएमा अस्पताल पुर्याउन नगरपालिकाले तुरुन्तै नगरपालिका भित्रका ३ वटा एम्बुलेन्सले निःशुल्क रूपमा ल्याउन लैजाने ब्यवस्था मिलाइएको प्रमुख प्रशासकीय अधिकृत प्रणराज न्यौपानेले जानकारी दिए । नगरपालिकाले नगरकोट सडक, कात्तिके सडक, जिरो किलोमीटर सडक, सिपाघाट तिनकुने सडक, ज्याम्दिको देउराली सडक, दोलालघाट ज्याम्दी सडक अन्तर्गत स्वास्थ्य चौकि भिमटार, मुख्य बजार कुन्ताबेशी र नगरपालिकाको कार्यालयमा नगरभित्र कार्यरत स्वास्थ्य कर्मीको नेतृत्वमा हेल्थ डेस्क (स्वास्थ्य परिक्षण केन्द्र) स्थापना गरि स्वास्थ्य परीक्षण गर्ने भएको छ ।

बैठकले सम्पुर्ण नगर बासिहरुलाइ निःशुल्क मास्क वितरण गरिने निर्णय गरेको छ । नगरपालिकाको कार्यालय, वडा कार्यालयहरु तथा स्वास्थ्य चौकिहरुमा पानी र सेनिटाइजरको ब्यवस्थापन गरि सेवाग्राहीलाइ हात धुने ब्यवस्था मिलाउने पनि निर्णय गरेको छ ।

प्रकाशित मिति : २०७६, ९ चैत्र आईतबार  ६ : ०१ बजे

रेडक्रसका ६२ जिल्ला शाखालाई २१ दिनभित्र बक्यौता बुझाउन निर्देशन

काठमाडौं । नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालयले ६२ वटा जिल्ला

ओलीको आग्रहपछि पनि हिक्मत कार्कीको अडान कायम, आज फेरि निर्णायक छलफल

विराटनगर । नेकपा (एमाले) भित्र कोशी प्रदेशको मुख्यमन्त्री परिवर्तनको विषयमा

अर्थमन्त्री स्वर्णिम वाग्लेले आज राष्ट्र बैंकका कार्यकारी निर्देशकसँग छलफल गर्दै

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज नेपाल राष्ट्र बैंकका

आज यी क्षेत्रमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना, सतर्क रहन मौसम विभागको आग्रह

काठमाडौं । देशभर मनसुनी वायु सक्रिय रहँदा बुधबार केही प्रदेशका

नसर्ने रोगको जोखिम रोक्न सूर्यविनायक र बेथानचोकको सहकार्य – औषधिभन्दा चेतना ठूलो : संयोजक रविन्द्र सापकोटा

भक्तपुर । भक्तपुरको सूर्यविनायक नगरपालिका र काभ्रेको बथानचोक गाउँपालिकाको स्वास्थ्यकर्मीलाई