२०८२, २४ कार्तिक आईतबार

नझुक्किनुस्, यो फोटो इटालीको होइन

नझुक्किनुस्, यो फोटो इटालीको होइन


काठमाण्डाै ९ चैतः  अहिले फेसबुकमा एउटा फोटो धेरैले सेयर गरिरहेका छन्। फोटोमा धेरै मान्छेहरु सडकमै ढलिरहेको देखिन्छ। इटालीमा यस्तो अवस्था देखिएको भन्दै मानिसहरुले यो फोटो सेयर गरिरहेका छन्। तर नझुक्किनु होला, यो फोटो इटालीको होइन। न यी मान्छेहरु कोरोना भाइरसकै कारण मरेका हुन्। के हो त यो फोटोको सत्य? आउनुस् हेरौँ।

यो फोटो इटालीको भन्दै अहिले सेयर भए पनि केही अघि भने यो फोटो चीनको वुहान सहरको भएको भन्दै फेसबुकमा भाइरल भएको थियो। अझ यो स्याटेलाइटबाट खिचेको फोटो भन्ने दावी गरिएको थियो।

यी सब गलत हुन्। वास्तवमा यो फोटो चीन र इटालीको नभएर जर्मनीको हो। अनि फोटो ६ वर्षअघिको हो। यसमा देखिएका मान्छेहरु मरेका हैनन्, जिउाँदा मानिसहरु हुन्। एउटा आर्ट प्रोजेक्टका लागि फ्रयाङ्कफर्ट सहरको सडकमा यसरी सुतेका हुन्।

Katzbach Nazi concentration camp मा मारिएका ५२८ जनाको स्मृतिमा यसरी मानिसहरु सडकमा सुतेका हुन्। यो फोटो रोयटर्सका Kai Pfaffenbach ले खिचेका हुन्। फोटोको ओरिजिनल लिङ्क यहाँ क्लिक गरी हेर्न सकिन्छ।

वास्तविक फोटो यो हो।

तपाईँ हामीले के गर्न सक्छौँ ?

यस्ता धेरै गलत सूचना अहिले फैलिरहेका छन्। यो पनि कोरोना भाइरस जस्तै संक्रमण हो। सूचना संक्रमण। इन्फोडेमिक। जसरी कोरोना फैलिन नदिन हात धुनुपर्छ, त्यसैगरी यस्तो सूचना संक्रमण फैलन नदिन पनि तपाईँ आफै जागरुक हुनुपर्छ। यस्ता अडियो तपाईँको मेसेन्जरमा आयो भने अरुलाई फरवार्ड गर्ने काम गर्नुहुन्न। बरु यस्तो हावा कुरा नपठाउ भनेर पठाउनेलाई भन्नुपर्छ।

फेसबुकमा यस्ता गलत लाग्ने, शंकास्पद समाचार वा लिङ्कहरु भेटिएमा त्यसलाई सेयर, लाइक वा कमेन्ट नगर्नुहोला। तपाईँले त्यसो गर्नुभयो भने यस्ता गलत कुरा अझ फैलन सक्छ। एकदमै विश्वास लाग्ने स्रोतहरुबाट मात्र जानकारी लिनुस्।

मेराे संसार टडकमबाट

प्रकाशित मिति : २०७६, ९ चैत्र आईतबार  ९ : ३१ बजे

एक महिना नपुग्दै ढल्यो मधेस सरकार, मुख्यमन्त्रीको राजीनामा स्वीकृत

जनकपुर । मधेस प्रदेशका मुख्यमन्त्री जितेन्द्र प्रसाद सोनार (सोनल) को

सिरानचोकमा माइक्रोबस दुर्घटना, १७ जना घाइते

सिरानचोक । सिरानचोक गाउँपालिका-४, चोरकाटेस्थित घुम्तीमोडमा भएको एक माइक्रोबस दुर्घटनामा

कांग्रेसले आकस्मिक केन्द्रीय कार्यसमितिको बैठक बोलायो

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक शनिबार दिउँसो

कांग्रेस नेता मोहम्मद अफताब आलमको निधन

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वसांसद मोहम्मद अफताब आलमको

काठमाडौं उपत्यकाका केही क्षेत्रमा आज बिहान विद्युत आपूर्ति बन्द

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले स्युटाचार टेकु १३२ केभी लाइनको