२०८२, ९ चैत्र मंगलबार

काभ्रेको भैँसेपाटीमा सवारी दुर्घटनाः बाउ-छाेराकाे मृत्यु

काभ्रेको भैँसेपाटीमा सवारी दुर्घटनाः बाउ-छाेराकाे मृत्यु


धुलिखेल, ९ चैतः बनेपा नगरपालिका वडा नम्बर १३ भैँसे पाटी सवारी दुर्घटना हुदाँ बाउ छाेराेकाे ज्यान गएको छ । आइतबार (आज) विहान साढे ६ अरनिको राजमार्गमा मिनी ट्रक र मोटरसाइकल आसपासमा ठक्कर खाँदा मोटरसाइकल चालक उदयपुरको रौतमाई गाउँपालिका वडा नम्बर ४ का ३५ बर्षीय मिन बहादुर श्रेष्ठ र उहाँका ५ बर्षीय छोरा सुबिन श्रेष्ठको मृत्यु भएको इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी प्रमुख याेगेन्द्र तिमिल्सिनाले जानकारी दिए ।

मोटरसाइकलमा सवार १९ बर्षीय सुनिता श्रेष्ठको अवस्था भने मध्यम रहेको प्रहरीले जनाएको छ । साँगातर्फ जाँदै गरेको बा ५ ख २३९० नम्बरको मिनी ट्रक र बनेपा तर्फ आउँदै गरेको बा ५७ प ७२८ नम्बरको मोटरसाइल आपसमा ठोदिएका थिए । घटना लगत्तै पुगेको प्रहरीले घाइतेलाई शीर मेमोरियल अस्पताल पुर्याएको थियो ।

मिनी ट्रक चालक रामेछाप खाँडादेवि गाउँपालिका वडा नम्बर ७ का ३३ बर्षीय लक्ष्मिनारायण श्रेष्ठ र ललितपुर हात्तिवन बस्ने गाडी साउ गंगा तिमिल्सिनालाई प्रहरीले निन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : २०७६, ९ चैत्र आईतबार  ७ : ५३ बजे

रविको मुद्दामा आज पनि सुनुवाइ हुँदै

काठमाडौं । रवि लामिछानेसँग सम्बन्धित मुद्दामा आज पनि सर्वोच्च अदालतमा

संसदको पहिलो बैठकमा हर्क साम्पाङका ४ प्रस्ताव, एमसीसी खारेज पहिलो एजेन्डा

विराटनगर । हर्क साम्पाङ ले प्रतिनिधिसभाको पहिलो बैठकमै एमसीसी खारेजी

रास्वपाले बोलायो केन्द्रीय समिति बैठक, दलको नेता चयन हुने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समिति बैठक बोलाएको

कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै हस्ताक्षर अभियान

काठमाडौँ । स्वतन्त्र विद्यार्थी यूनियन (स्ववियू), त्रिचन्द्र बहुमुखी क्याम्पसले जेन्जी

गगन थापाको राजीनामा अस्वीकार, कांग्रेसले देखायो ८ आधार

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले सभापति गगन कुमार