२०८३, ३० भाद्र बुधबार

धुलिखेल अस्पताल र शीर मेमोरियल अस्पतालमा कोरोना भाइरसको उच्च सतर्कता

धुलिखेल अस्पताल र शीर मेमोरियल अस्पतालमा कोरोना भाइरसको उच्च सतर्कता


धुलिखेल, ८ चैतः काभ्रेका दुई ठूला अस्पतालले कोरोनाभाइसरको संक्रमण विरुद्ध उच्च सतकर्ता अपनाएका छन् ।  धुलिखेल सामुदायिक अस्पताल र शीर मेमोरियल अस्पतालले उपचार गर्न आउने बिरामी र  आफ्नै कर्मचारीको पनि बाहिरै ज्वरो नाप्न थालेका छन् । त्यस्तै स्यानिटाइजरले हात धाेएर मात्रै भित्र पस्न पाइने ब्यवस्था गरेका छन् ।

करिब ३ सय ५० बेड क्षमताको धुलिखेल अस्पतालले कोरोना भाइसरका बिरामी राख्ने छुट्टै वार्ड बनाएको सुचना अधिकारी दिपन पोखरेलले जानकारी दिए । उनका अनुसार स्वास्थ्य कर्मीका लागि पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट (लुगा) धुलिखेल अस्पतालाई पाँच थान प्राप्त भएको छ ।

त्यस्तै १५० बेड क्षमताको शीर मेमोरियल अस्पताल बनेपाले ५ बेडको आइसोलेसन कक्ष तयार गरेको छ । अस्पताले उचित मापदण्ड सहितको आइसोलेसन कक्ष तयारी अवस्थामा राखेको हो ।

धुलिखेल अस्पताललाई संघीय सरकारले कोरोना भाइरस परीक्षणका लागि आवश्यक सामग्री सहित तयारी थाल्न हिजो नै निर्देशन दिएको थियो । दुबै अस्पताले अत्यावश्यक काम बाहेक कर्मचारीलाइ बिदा दिएका छैनन् ।

तस्बिरः देवराज केसी

प्रकाशित मिति : २०७६, ८ चैत्र शनिबार  ३ : ३४ बजे

सांसद बोलिरहेकै बेला गृहमन्त्री हिँडेपछि सदनमा बबाल, ऐन महरले सोधे-‘मर्यादा प्रतिपक्षले मात्रै राख्ने हो ?’

काठमाडौं । प्रतिनिधिसभामा सांसद बोलिरहेका बेला गृहमन्त्री अगाडिबाट हिँडेपछि नेकपा एमालेका

एमालेको प्रधानमन्त्रीलाई चेतावनी : ‘एक्लै काफी छु’ भन्ने अहंकार नदेखाउनू

काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री बालेन शाहलाई विपद्को समयमा ‘एक्लै काफी

चीनको बढ्दो प्रभावले बदलिँदै विश्व व्यवस्था, अमेरिका–चीन द्वन्द्वको जोखिम उच्च

काठमाडौं । चीनले राष्ट्रपति सी चिनफिङको नेतृत्वमा विश्व व्यवस्थामा आफ्नो

अब एटीएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने

काठमाडौं । नेपाल राष्ट्र बैंकले दशैँ तिहारलाई लक्षित गर्दै बैंक

सूर्यविनायक गणेश रथारोहण एवं रथ जात्राको तयारी पुरा

भक्तपुर, २९ भदौ : गणेश जन्मोत्सवको अवसरमा उपत्यकाका चार विनायक