२०८२, ९ चैत्र मंगलबार

बहिनी जुनी, अर्को जुनीमा पक्कै भेट गर्नेछु है

बहिनी जुनी, अर्को जुनीमा पक्कै भेट गर्नेछु है


शनिबार दिउँसो स्वयम्भुको आकाशमा कालो बादल मडारिएको थियो । उता गोलेगाउँ र हात्तिडाँडाको आकाश पनि परेँलीमा आशु टिलपिल टिलपिल गरे झैँ । पानी बर्सिन खोज्दै थिए । काठमाण्डौ र गाउँमा रहेका आफन्तले यस्तै कुरा सुनाए । स्वयम्भु । जहाँ तिम्रो पार्थिव शरीर जल्दै थियो । यहि वियोगान्तमा तिम्रो माइती गोलेगाउँ र घर हात्तिडाँडाका आकाश पनि रोइरहेका थिए ।

पापी टिपरले बहिनी जुनी माया गोले र भाञ्जी स्मारिका भाेलनको अकालमै ज्यान लिएको कुरा सायद आकाशलाई पनि थाहा भयो होला । निर्दोष यी दुई आत्मा झल्दै गर्दा समुन्द्रपारीको देश अमेरिकामा म एउटा चेली गुमाउँदाको बिछोडमा तड्पिरहेको छु । धेरै कोशिस गरे बहिनी अन्तिम पटक भएपनि तिम्रो अनुहार हेर्ने । तर विश्वभर फैलिएको कोरोना भाइरसका कारण यहाँ पनि घर बाहिर निस्कन दिएका छैन । कस्तो अभागि रहेछु जुनी । म त तिम्रो जेठो दाई । हाम्रो तमाङ संस्कृति अनुसार चेलिबेटिको मृत्यु पश्चात माइतीको उपस्थिति बेगार दाहस्कार गर्नै पाइदैँन । तर मुटु माथि ढुंगा राखेर यो जिम्मा डाँडामाथि घाम भइसकेका बुबा र भाइलाई दिएको छु । माफि त गर्छौँ नी है ।

ज्वाई छिरिङ मलेसियाबाट हिजो नेपाल फर्किनु भएको रहेछ । बहिनी तिमी यो धर्तीमा भइदिएको भए एयरपोर्टमा ज्वाईलाई लिन पक्कै पनि आइपुग्थ्यौ । अनि भाञ्जी र तिम्लाई अँगालो हाल्दा ज्वाईको आँखाबाट हर्षका आशुँ पक्कै झर्थे । करिब–करिब दुईपछिको भेटहुन्थ्यो तिमीहरुको । तर अपसोच बहिनी । यो एउटा सम्झना र कल्पनामा मात्रै सीमित रह्यो । ज्वाई रुदैँ तिम्रो मृत शरीर भएको ठाउँमा जानुपर्यौ । किन भने मंगलबार जिल्ला प्रहरी कार्यालय धुलिखेलमा भएको सहमति यहि थियो ‘ज्वाई नेपाल पुगेपछि दाहसंस्कार गर्ने ।’

६ दिनसम्म त्यो शवगृहको चिसोमा मेरो बहिनीको पार्थिव शरीर । नसम्हालिउ घरको जेठो सन्तान । सम्हालिउ भएको एउटी चेलीको अकल्पनीय मृत्यु । तिमीले माइती घरमा रोपेको त्यो ‘जाइफूल’ को याद औदी आइरहेको जुनी । जुन फूल तिमीले उनेर म र भाइको गलामा हरेक वर्ष भाइटिकाको दिन लगाउँथ्यौ । अब तिम्रो अनुपस्थितिमा हाम्रो तिहार खल्लो हुने बहिनी जुनी । अरुको घरमा चेलिबेटी आउँदा हामी भने शोकमै हुनेछौँ । तिम्रैबाट हेरिरहने छौँ । तिम्रो पार्थिव शरीर जलाउन थुप्रै आफन्तहरु भेला भए । उनीहरु सबैको आँखा रसाएका थिए ।

तिमीले पठाउने खानीखोला गाउँपालिका वडा नम्बर १ स्थित कालिका प्राथमिक विद्यालय हातिडाँडाका भाईबहिनीहरु जुनी मिस कहिले आउँनुहुन्छ भन्दा होला । ती अबोध बालबालिकालाई के थाहा तिमीले यो संसार छाडेको । झलझली सम्झन्छु बहिनी । भाञ्जी सानो हुदाँ तिमीले शिक्षण पेसामा गरेको त्यो दुःख । अब त्यो विद्यालयमा तिम्रो भौतिक शरीर ती बालबालिकाले देख्न पाउने छैनन् जुनी । गाउँले पिउथुमा छोरी बोकेर क ख सिक्न गएको अब कहिल्यै देख्न नपाउने भए । न तिम्रो स्वर नै सुन्न ।

त्यता तिम्रो र भाञ्जीको शरीरमा आगो बल्दै गर्दा । म यता अमेरिकामा आँशुको भेलमा डुबुल्की मार्दैछु जुनी । हामी दुईभाईको चेली भन्नु तिमी एउटा मात्रै थियो । त्यो पनि बेचैमा छाडी जानुपर्यौ । जुनी यो जुनिमा भेट्न् नसकेनी आर्को जुनिमा भेटाउला जुनु अर्को जुनिमा भेटाउला ।

उनी तिम्रो

दाई राज कुमार गोले हालः अमेरिकाको टेक्सस, हुसटन

प्रकाशित मिति : २०७६, ८ चैत्र शनिबार  २ : ०९ बजे

रविको मुद्दामा आज पनि सुनुवाइ हुँदै

काठमाडौं । रवि लामिछानेसँग सम्बन्धित मुद्दामा आज पनि सर्वोच्च अदालतमा

संसदको पहिलो बैठकमा हर्क साम्पाङका ४ प्रस्ताव, एमसीसी खारेज पहिलो एजेन्डा

विराटनगर । हर्क साम्पाङ ले प्रतिनिधिसभाको पहिलो बैठकमै एमसीसी खारेजी

रास्वपाले बोलायो केन्द्रीय समिति बैठक, दलको नेता चयन हुने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समिति बैठक बोलाएको

कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै हस्ताक्षर अभियान

काठमाडौँ । स्वतन्त्र विद्यार्थी यूनियन (स्ववियू), त्रिचन्द्र बहुमुखी क्याम्पसले जेन्जी

गगन थापाको राजीनामा अस्वीकार, कांग्रेसले देखायो ८ आधार

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले सभापति गगन कुमार