२०८२, ९ चैत्र मंगलबार

पनौती टिपर घटना अपडेटः जुनी मायाको दाहसंस्कार आज

पनौती टिपर घटना अपडेटः जुनी मायाको दाहसंस्कार आज


धुलिखेल, ८ चैत: गएको सोमबार टिपरको ठक्करबाट पनौतीमा ज्यान गुमाएका आमा–छोरीको आज दाहसंस्कार गरिने भएको छ । राेगजागरीकाे सिलसिलामा मलेसियामा रहेका जुनीमायाका श्रीमान छिरिङ तामाङ हिजो नेपाल आइपुगेपछि आज दाहसंस्कार गरिने लागेको हो ।

बौद्ध धर्म परम्परा अनुसार स्वयम्भु गुम्बामा दिउँसाे २ बजे  दाहसंस्कार गरिने परिवारले जनाएकाे छ । बनेपाबाट पनौती तर्फ जादैँ गरेको बा ५ ख ५४८० नम्बरको टिपरले ठक्कर दिदाँ गम्भीर घाइते भएका आमा-छोरीकाे  उपचारका क्रममा शीर मेमोरियल अस्पतालमा मृत्यु भएको थियो । खानीखोला गाउँपालिकाको वडा नम्बर १ स्थित कालिका प्राथमिक विद्यालय हातिडाँडाका प्रधानाध्यापक जुनिमाया गोले र उहाँकी ३ बर्षिया छोरी स्मारिकाकाे मृत्यु भएकाे थियाे । उनीहरूकाे शीर मेमाेरियल अस्पतालमा पाेष्टमार्टम गरिएकाे थियाे ।

मंगलबार जिल्ला प्रहरी कार्यालय धुलिखेलमा भएको सर्वपक्षिय बैठकले तीन बुदेँ सहमति गरेपछि कफ्र्यु हटाउन प्रशासन तयार भएको हो । बैठकले मृतकका आफन्तले क्षतिपुर्ती नलिने, चालकलाई हदैँ सम्मको कानुनी कारबाही गर्ने र श्रीमान विदेशबाट आएपछि मात्रै दाहासंस्कार गर्ने सहमति गरेकाे थियाे ।

प्रकाशित मिति : २०७६, ८ चैत्र शनिबार  ९ : ४८ बजे

रविको मुद्दामा आज पनि सुनुवाइ हुँदै

काठमाडौं । रवि लामिछानेसँग सम्बन्धित मुद्दामा आज पनि सर्वोच्च अदालतमा

संसदको पहिलो बैठकमा हर्क साम्पाङका ४ प्रस्ताव, एमसीसी खारेज पहिलो एजेन्डा

विराटनगर । हर्क साम्पाङ ले प्रतिनिधिसभाको पहिलो बैठकमै एमसीसी खारेजी

रास्वपाले बोलायो केन्द्रीय समिति बैठक, दलको नेता चयन हुने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समिति बैठक बोलाएको

कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै हस्ताक्षर अभियान

काठमाडौँ । स्वतन्त्र विद्यार्थी यूनियन (स्ववियू), त्रिचन्द्र बहुमुखी क्याम्पसले जेन्जी

गगन थापाको राजीनामा अस्वीकार, कांग्रेसले देखायो ८ आधार

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले सभापति गगन कुमार