२०८२, ३ कार्तिक आईतबार

धुलिखेल उद्योग वाणिज्य संघको पदाधिकारी माथि वैधताको प्रश्न ?

धुलिखेल उद्योग वाणिज्य संघको पदाधिकारी माथि वैधताको प्रश्न ?


धुलिखेल, ७ चैतः दुई पटक थपिएको म्यादमा समेत निर्वाचन हुन नसकेपछि धुलिखेल उद्योग वाणिज्य संघको पदाधिकारी माथि वैधताको प्रश्न उठेको छ । वर्तमान पदाधिकारीको नियमित म्याद २०७६ साल भदौँ महिनामा सकिएको थियो ।

भदौँ देखि यता दुई पटक म्याद थप भइसकेको छ । तर निर्वाचन गराउन वर्तमान अध्यक्ष मञ्जुकुमार कोजु असक्षम देखिएका छन् । भदौमा बसेको बैठकले तीन महिना समितिको थप गरेको थियो । त्यो तीन महिनाभित्र पनि निर्वाचन हुन सकेन् । त्यसपछि बसेको बैठकले फेरी अर्को तीन महिना म्याद थप गरेर फागनु १७ गते निर्वाचन गराउने निर्णय गरेको थियो । आर्थिक वर्षको सुरुमै नवीकरणका तथा नयाँ सदस्यताका लागि घरदैलो कार्यक्रम गर्ने कार्य समितिभित्र छलफल भएतापनि घरदैलो कार्यक्रम नगरी अध्यक्ष कोजुले निर्वाचनलाई केन्द्रित गरेर आफु अनुकुलका ब्यक्तिलाई बाटो बाटोमै संघको छाप बिनै नवीकरण गर्दै गरेको प्रमाण समेत फेला परेको छ ।

निर्वाचनका लागि सहयोगि केहि कर्मचारी नियुक्ति गर्ने कार्य समितिले बैठकले निर्णय गरेको थियो । तर अध्यक्ष कोजुले कर्मचारी नियुक्ति नगरी आफ्नो अनुकुलका पदाधिकारीहरुलाई सहयोगमा फर्जी नयाँ सदस्यता र नवीकरण गर्ने काम गरेको पाइएको छ ।

संघको विधान अनुसार नियमित समयावधि सकिएको ३ महिना र विशेष कारण देखाएर अर्को ३ महिना थप गर्न पाइन्छ । तर दोस्रोपटक म्याद थप्दा पनि निर्वाचिन नभएपछि समितिको वैधता स्वतः सकिएको हो । रमाइलो कुरा त के छ भने निर्वाचन गराउन नसकेपनि अध्यक्ष कोजुले रातारात फर्जी सदस्य भने बनाउन सफल भएका छन् । उनले उद्योग वाणिज्य संघका कर्मचारी र पधाधिकारीको मिलेमतोमा रातारात तीन सयको हाराहारीमा नयाँ दर्ता तथा नवीकरण सदस्य थप्न भ्याएका हुन् ।

कार्य समितिभित्रै उपाध्यक्षहरु तथा सदस्यले अध्यक्ष कोजुले गरेको नयाँ दर्ता तथा नवीकरण सदस्य प्रति असहमति जनाउँदैँ खारेजीको माग गरेर निवेदन दर्ता गरेको थियो । असन्तुष्ट पक्षले विधान विपरितको हुने कुनै पनि परिस्थितिको जिम्मा बहन नगर्ने कुरा उल्लेख गर्दै भैपरि आउने सबै किसिमका परिस्थितिको जिम्मा संघका अध्यक्षले लिनुपर्ने निवेदनमा उल्लेख गरिएको छ ।

मञ्जु कुमार कोजुले फर्जि सदस्य बनाउनका लागि उद्योग वाणिज्य संघ धुलिखेलको नाममा आफ्नो छोरा मनिष कोजुको नामबाट एकमुष्ट ४ लाख ११ हजारको चेक बैंकमा दाखिला गरेको स्रोतले जनाएको छ । सो चेक उद्योग वाणिज्य संघको नामबाट नविल बैंक धुलिखेल शाखामा २०७६ साल माघ १९ गते आइतबार बैंक बन्द हुने अन्तिम समयमा दाखिला भएको पाइएको हो । त्यस दिन संघका कार्यालय सचिव कार्यालय आएका थिएनन । तर पनि कार्यालय सचिव र अध्यक्ष मञ्जु कुमार कोजु मिलेर कार्यालयको छाप समेत दुरुपयोग गरेको भेटिएको छ ।

विधानतः माघ १७ गतेसम्म नयाँ दर्ता तथा नवीकरण भएको हुनुपर्ने थियो । तर अध्यक्ष कोजुले आफैले एकमुष्ट रकम चेक मार्फत संघको खातामा दाखिला गरेका थिए । प्राप्त जानकारी अनुसार संघको निर्वाचनमा सदस्यका आकांक्षी ब्यवसायीहरुले पनि विधान विपरित दर्ता तथा नवीकरण भएका सदस्य खारेजी गर्न र यथाशिघ्र निर्वाचन गराउन माग गर्दै निवेदन दर्ता गराएका छन् ।

संघ भित्र विधान विपरित सदस्यता तथा नवीकरण गर्दा भएको कामको छानविन गर्न समिति गठन गरिएको थियो । समितिले फागनुभित्र प्रतिवेदन बुझाउनु पर्ने थियो । तर बुझाउन सकेन । बैधता सकिएकै संघका पदाधिकारी बैठकले छानविन समितिको म्याद फेरी थप गरेको बताइएको छ ।

प्रकाशित मिति : २०७६, ७ चैत्र शुक्रबार  ७ : १४ बजे

आज केन्द्रीय सुरक्षा समितिको बैठक, निर्वाचन सुरक्षा योजना मुख्य एजेन्डा

काठमाडौं । आसन्न निर्वाचनलाई लक्षित गर्दै गृह मन्त्रालयले आज केन्द्रीय

आज तिहारको पहिलो दिनः काग तिहार

काठमाडौँ । आज देशभर तिहारको पहिलो दिन अर्थात् काग तिहार

आजको मौसम अपडेट : देशभर सफा मौसम

काठमाडौं । देशभर आजको मौसम सामान्य र स्थिर रहने भएको

जनकपुरको सुनचाँदी पसलमा गोली चल्यो प्रहरी र व्यवसायीबीच झडप

जनकपुरधाम। जनकपुरको सोनारपट्टी क्षेत्रमा शुक्रबार साँझ एक सुनचाँदी व्यवसायीको पसलमा

नेपालका क्रिकेटर-राष्ट्रको आत्मा र गौरवका नायक

ओमानको गर्मीमा अपराजित रहँदै टी- २० विश्वकप छनोट जित्नु केवल