२०८२, २१ असार शनिबार

धुलिखेलका औषधि पसलमा नगरपालिकाको छड्के अनुगमन (भिडियाे सहित)

धुलिखेलका औषधि पसलमा नगरपालिकाको छड्के अनुगमन (भिडियाे सहित)


धुलिखेल, ६ फागुनः धुलिखेल नगरपालिकाको बजार अनुगमन समितिले पहिलो पटक औषधि पसल आकस्मिक अनुगमन गरेको छ । बिहीबार उपप्रमुख एवं अनुगमन समितिका संयोजक बिमला शर्माको टोलीले औषधि पसल अनुगमन गरेको हो ।

अनुगमन समितिले धुलिखेल अस्पताल क्षेत्र र बसपार्क क्षेत्र गरी ६ वटा औषधि अनुगमन गरेको नगरपालिकाका स्वास्थ्य संयोजक सन्दिप केसीले जानकारी दिए । अनुगमन टोलीमा जिल्ला स्थित सरोकारवाला निकायका प्रतिनिधि, नगरपालिकाको सामाजिक विकास समिति संयोजक विष्णु धिताल लगायत सहभागि भएका थिए । समितिले धुलिखेल अस्पताल क्षेत्रको अच्यूतम फार्मेसी, कालिञ्चोक मेडिकल हल, आरोग्य मेडिकल हल र भावना फार्मेसीको अनुगमन गरेको हो ।

त्यस्तै बसपार्क क्षेत्रको बिनायक फार्मेसी, प्रयण फार्मेसी र हरिसिद्धि मेडिकल हलमा अनुगमन गरेको छ । अनुगमन गर्दा कुनै पनि औषधि पसलमा मास्क र स्यानिटाइर पर्याप्त नभेटिएको स्वास्थ्य संयोजक केसीले बताए । कतिले मास्क तेब्बर मुल्य समेत लिएर बिक्री गरेको भेटेपछि त्यसो नगर्न समितिले चेतावनी दिएको छ ।

अहिलेको अनुगमनमा भेटिएको गल्ती अर्को पटक अनुगमन गर्दा पनि दोहोरिए औषधि पसल नै बन्द गरिने उपप्रमुख शर्माले बताइ । ‘यो हाम्रो पहिलो अनुगमन भएकाले सचेत मात्रै गराएका छौँ, उपप्रमुख शर्माले भनिन् ‘अर्को पल्ट पनि गल्ती भेटिए पसल नै बन्द हुन्छ, औषधि जस्तो संवेदनशिल चिजमा कसैले खेलवाड गर्न पाउँदैन, माफी पनि हुदैँन् ।’

हरिसिद्धि मेडिकल हलमा केहि म्याद नाघेको औषधि बिक्री गर्ने अन्य औषधिसँगै राखेको अनुगमन समितिले फेला परेको थियो । त्यस्तै प्रणय फार्मेसीमा ५ रुपैँया पर्ने मास्क २० रुपैयाँमा बिक्री गरिरहेको भेटिएको छ । भावना फार्मेसीको दर्ता प्रमाणपत्र समेत फेला नपरेको स्वास्थ्य संयोजक केसीले बताए ।

प्रकाशित मिति : २०७६, ६ चैत्र बिहीबार  ७ : १५ बजे

पौडेलले गरे जनसम्पर्क समितिको अधिवेशनको मिति प्रस्ताव

ललितपुर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा जनसम्पर्क समिति समन्वय

महिला तथा सामाजिक मामिला समितिको बैठक बस्दै

काठमाडौं । आज प्रतिनिधि सभा अन्तरगत महिला तथा सामाजिक मामिला

डिजिटल व्यापार र लगानीमा सहकार्यका लागि बेलायती व्यवसायीहरुलाई अध्यक्ष ढकालको आग्रह

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले

आज अन्तर्राष्ट्रिय सहकारी दिवस विश्वभर मनाइदैँ

काठमाडौं । आज अन्तर्राष्ट्रिय सहकारी दिवस विश्वभर विभिन्न कार्यक्रमहरु गरि

पुल भत्किदा बनेपा–नाला– भक्तपुर सडक खण्ड अवरुद्ध

भक्तपुर । बनेपा नाला भक्तपुर सडक अन्तर्गत नाला पुलबजारको पुन्यमति