२०८३, १२ कार्तिक बिहीबार

पनौतीमा कर्फ्यु राति ८ बजेपछि हट्ने

पनौतीमा कर्फ्यु राति ८ बजेपछि हट्ने


धुलिखेल, ४ चैतः जिल्ला प्रशासन कार्यालय काभ्रेले पनौती बसपार्क क्षेत्रमा लगाएको अनिश्चिकालिन कर्फ्यु आदेश राति ८ बजेपछि हटाउने भएको छ । प्रशासनले बिहान ९ बजेदेखि अर्को सुचना जारी नहुदाँसम्मका लागि कर्फ्यु जारी गरेको थियो ।

जिल्ला सुरक्षा समितिको बैठकले परिस्थिति सामान्य बन्दै गएको भन्दै कर्फ्यु हटाउने निर्णय गरेको हो । प्रमुख जिल्ला अधिकारी आफै कर्फ्युपछिको अवस्था बुझ्न स्थलगत अनुगमनका लागि साझँ पनौती पुगेका थिए ।

टिपरको ठक्करबाट सडक किनारामा हिडिरहेका खानीखोला गाउँपालिका वडा नम्बर १ स्थित कालिका प्राथमिक विद्यालय हातिडाँडाका प्रधानाध्यापक जुनिमाया गोले र उहाँकी ३ बर्षिया छोरी स्मारिकाको मृत्यु भएपछि उनका आफन्तहरुले प्रर्दशन गरेका थिए । सोमबार बनेपाबाट पनौती तर्फ जादैँ गरेको बा ५ ख ५४८० नम्बरको टिपरले ठक्कर दिदाँ आमा र छोरी गम्भीर घाइते भएका उनीहरुको उपचारका क्रममा शीर मेमोरियल अस्पतालमा मृत्यु भएको हो ।

मंगलबार नै जिल्ला प्रहरी कार्यालय धुलिखेलमा संघीय सांसद गंगा बहादुर दोङ, पनौती नगरपालिका प्रमुख भिमप्रसाद न्यौपाने, प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिना सहित मृतक पक्षको आफन्त बीचको बैठकले तीन बुदाँमा सहमति भएको थियो । मृतकका आफन्तले क्षतिपुर्ती नलिने, चालकलाई हदैँ सम्मको कानुनी कारबाही गर्ने र श्रीमान विदेशबाट आएपछि मात्रै दाहासंस्कार गर्ने सहमति भएको बैठकमा सहभागि पनौतीका नगरपालिकाका नगरप्रमुख भिमप्रसाद न्यौपानेले जानकारी दिए । त्यस्तै मृतकको पाष्टमार्टम र आफन्तको जाहेरी प्रहरीले बुझिलिने पनि सहमति भएको छ ।

जुनीमाया र उनका छोरी स्मारिकालाई ठक्करदिने टिपर चालक रोशी गाउपालिका वडा नम्बर ६ घर भएका ३५ बर्षीय नबराज थापालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

 

प्रकाशित मिति : २०७६, ४ चैत्र मंगलबार  ७ : २९ बजे

प्रहरीको कडा चेतावनी : संगठनलाई विवादमा तानेर सरकारविरुद्ध खेल्नेहरूमाथि अनुसन्धान

काठमाडौं । नेपाल प्रहरीले संगठनको प्रतिष्ठामाथि आँच पुर्‍याउने र प्रहरीलाई

चार घण्टा रवि–बालेनको गोप्य संवाद, ठाकुर गैरेको प्रश्न-‘खिल निस्कियो कि थपियो ?’

काठमाडौं। प्रधानमन्त्री बालेन शाह र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति

कांग्रेस इतर समूहले भन्यो : ९० क्षेत्रको क्षेत्रीय अधिवेशन सकियो 

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहले १५ औं महाधिवेशन

मंसिरभर जनतामाझ जाने कांग्रेसको तयारी, गगनले घोषणा गरे ‘कांग्रेस तयार छ’ अभियान

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले महाधिवेशनबाट पारित नीति

स्पेनको रेल दुर्घटनाप्रति नेपालद्वारा दुःख व्यक्त

काठमाडौं । स्पेनको टोलेडो प्रान्तमा भएको दु:खद रेल दुर्घटनाप्रति नेपाल