२०८२, ९ चैत्र मंगलबार

पनौतीमा कर्फ्यु राति ८ बजेपछि हट्ने

पनौतीमा कर्फ्यु राति ८ बजेपछि हट्ने


धुलिखेल, ४ चैतः जिल्ला प्रशासन कार्यालय काभ्रेले पनौती बसपार्क क्षेत्रमा लगाएको अनिश्चिकालिन कर्फ्यु आदेश राति ८ बजेपछि हटाउने भएको छ । प्रशासनले बिहान ९ बजेदेखि अर्को सुचना जारी नहुदाँसम्मका लागि कर्फ्यु जारी गरेको थियो ।

जिल्ला सुरक्षा समितिको बैठकले परिस्थिति सामान्य बन्दै गएको भन्दै कर्फ्यु हटाउने निर्णय गरेको हो । प्रमुख जिल्ला अधिकारी आफै कर्फ्युपछिको अवस्था बुझ्न स्थलगत अनुगमनका लागि साझँ पनौती पुगेका थिए ।

टिपरको ठक्करबाट सडक किनारामा हिडिरहेका खानीखोला गाउँपालिका वडा नम्बर १ स्थित कालिका प्राथमिक विद्यालय हातिडाँडाका प्रधानाध्यापक जुनिमाया गोले र उहाँकी ३ बर्षिया छोरी स्मारिकाको मृत्यु भएपछि उनका आफन्तहरुले प्रर्दशन गरेका थिए । सोमबार बनेपाबाट पनौती तर्फ जादैँ गरेको बा ५ ख ५४८० नम्बरको टिपरले ठक्कर दिदाँ आमा र छोरी गम्भीर घाइते भएका उनीहरुको उपचारका क्रममा शीर मेमोरियल अस्पतालमा मृत्यु भएको हो ।

मंगलबार नै जिल्ला प्रहरी कार्यालय धुलिखेलमा संघीय सांसद गंगा बहादुर दोङ, पनौती नगरपालिका प्रमुख भिमप्रसाद न्यौपाने, प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिना सहित मृतक पक्षको आफन्त बीचको बैठकले तीन बुदाँमा सहमति भएको थियो । मृतकका आफन्तले क्षतिपुर्ती नलिने, चालकलाई हदैँ सम्मको कानुनी कारबाही गर्ने र श्रीमान विदेशबाट आएपछि मात्रै दाहासंस्कार गर्ने सहमति भएको बैठकमा सहभागि पनौतीका नगरपालिकाका नगरप्रमुख भिमप्रसाद न्यौपानेले जानकारी दिए । त्यस्तै मृतकको पाष्टमार्टम र आफन्तको जाहेरी प्रहरीले बुझिलिने पनि सहमति भएको छ ।

जुनीमाया र उनका छोरी स्मारिकालाई ठक्करदिने टिपर चालक रोशी गाउपालिका वडा नम्बर ६ घर भएका ३५ बर्षीय नबराज थापालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

 

प्रकाशित मिति : २०७६, ४ चैत्र मंगलबार  ७ : २९ बजे

रविको मुद्दामा आज पनि सुनुवाइ हुँदै

काठमाडौं । रवि लामिछानेसँग सम्बन्धित मुद्दामा आज पनि सर्वोच्च अदालतमा

संसदको पहिलो बैठकमा हर्क साम्पाङका ४ प्रस्ताव, एमसीसी खारेज पहिलो एजेन्डा

विराटनगर । हर्क साम्पाङ ले प्रतिनिधिसभाको पहिलो बैठकमै एमसीसी खारेजी

रास्वपाले बोलायो केन्द्रीय समिति बैठक, दलको नेता चयन हुने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समिति बैठक बोलाएको

कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै हस्ताक्षर अभियान

काठमाडौँ । स्वतन्त्र विद्यार्थी यूनियन (स्ववियू), त्रिचन्द्र बहुमुखी क्याम्पसले जेन्जी

गगन थापाको राजीनामा अस्वीकार, कांग्रेसले देखायो ८ आधार

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले सभापति गगन कुमार