२०८२, १४ फाल्गुन बिहीबार

पाँचखालको खोकबेसीमा खानेपानीको ट्याङ्की निमार्ण हुदैँ

पाँचखालको खोकबेसीमा खानेपानीको ट्याङ्की निमार्ण हुदैँ


धुलिखेल, ४ चैतः खानेपानीको समस्या झेल्दै आएका पाँचखाल नगरपालिका वडा नम्बर २ खोकबेसीका स्थानीयको समस्या समाधान हुने भएको छ । समस्या समाधानका लागि ७५ हजार लिटर क्षमताको खानेपानी ट्याङ्की निमार्ण हुन लागेको वडा नम्बर २ का अध्यक्ष हरी खतिवडाले जानकारी दिए ।

नजिकैको खोलाबाट लिफ्टीङ गरेर पानी बस्तीसम्म पुर्याइने छ । खोकबेसी खानेपानी आयोजनाबाट ८५ घरधुरी लाभान्वीत हुने छन् । आयोजना निमार्णका लागि खानेपानी डिभिजन कार्यालयले १७ लाख रुपैंया आर्थिक सहयोग गरेको छ ।

उपभोक्ता समिति मार्फत निमार्ण भईरहेको पानी ट्याङ्कीको काम आउने दशै सम्ममा सकिनेछ । त्यसपछि घर–घरमा पानी पुर्याउने योजना रहेको वडाअध्यक्ष खतिवडाले बताए ।

प्रकाशित मिति : २०७६, ४ चैत्र मंगलबार  ६ : १० बजे

वर्षौँको प्रतीक्षा अब अन्त्य हुँदैछ : पनौती बदल्ने प्रतिबद्धतासहित अमित लामा घरदैलोमा

पनौती । प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं १ का उम्मेदवार तथा

एमाले र रास्वपाका कार्यकर्ताबीच झडप, दुई जना घाइते

धनगढी। एमाले र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताबीच बैतडीमा

शेरबहादुर देउवा सिंगापुर प्रस्थान

काठमाडौँ। नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा स्वास्थ्य उपचारका

शंकर पोखरेलको विकास दृष्टि : संरचना,स्थायित्व र समृद्ध भविष्यको रणनीतिक मार्गचित्र

राजनीतिमा प्रतिबद्धता धेरैले व्यक्त गर्छन् । तर त्यसलाई योजनाबद्ध दृष्टि,

हरिहरपुरगढीका वडाहरुमा एमालेप्रति देखियो उत्साह

सिन्धुली । नेकपा एमाले हरिहरपुरगढी गाउँपालिका ६ मा एमालेको निर्वाचन