धुलिखेल, ४ चैतः काभ्रेको भुम्लु गाउँपालिका वडा नम्बर १० बिमेरे गाउँका स्थानीयले स्काभेटरको चाबी खोसेका छन् । आफुहरुको बगरमा आएर जर्बजस्ती सुनकोशी नदीको बहाव फर्काउन खोजेपछि स्थानीयले स्काभेटरको चाबी खोसेका हुन् ।
भुम्लु गाउँपालिका वडा नम्बर ७ मा रहेको क्रसर उद्योगको स्काभेटर बिमेरे गाउँको बगरमा आएर नदी बहाव फर्काउन थालेपछि चाबी खासेको बताइएको छ । वडा नम्बर १० को बिमेरे गाउँमा १७ घर तामाङ र माझी समुदायको बस्ती छ ।
स्थानीयले चाबी खोसेपछि वडाध्यक्ष, प्रहरी, क्रसर उद्योगका प्रतिनिधि बिमेरे गाउँ पुगेका थिए । जनप्रनिधि र प्रहरी प्रशासनको उपस्थितिमा अबदेखि नदीको बहावमा कुनै छेकबार नगर्ने सहमति पछि चाबी फिर्ता गरिएको स्थानीय धन बहादुर तामाङले जानकारी दिनुभयो ।
प्रतिक्रिया