२०८२, २२ माघ बिहीबार

माछा पालनमा पाँचखाल नगरपालिकाको जोड

माछा पालनमा पाँचखाल नगरपालिकाको जोड


धुलिखेल, २ फागुनः ताजा तरकारी उत्पादनमा आत्मनिर्भर रहेको पाँचखाल नगरपालिकाले किसानलाई माछा पालनमा पनि जोड दिन थालेको छ । कुखुरा, बाख्रा र भैसीँ पालनमा पनि आत्मनिर्भर रहेको नगरपालिकाले माछा पालनलाई विशेष महत्व दिएको कृषि शाखा प्रमुख दत्त प्रसाद गौतमले बताए ।

कृषि शाखाले माछा पालनलाई ब्यवसायीक रुपमा लैजाने हिसाबले आइतबारबाट तालिम समेत सुरु गरेको छ । पशुपंक्षी तथा मत्स्य पालन नाम दिइएको तालिममा नगरभित्रका ३० जना किसान सहभागि छन् । तालिम ४ गतेसम्म चल्नेछ । पाँचखाल बोइलर कुखुरा पकेट क्षेत्र समेत हो । प्रत्येक वडाबाट ३÷३ जना र अन्य किसान सेवा केन्द्र मार्फत सहभागि रहेको गौतमले बताए ।

नगरभित्रका करिब १ हजार जनाले बोइलर कुखुरा पाल्ने गरेका बताइएको छ । पालिकाभित्र माछा पालन गर्ने किसानको संख्या निकै कम रहेको भन्दै ब्यवसायी माछा पाल्ने किसानको संख्या बढाउन तालिम सुरु गरिएको कृषि शाखाका प्रमुख गौतमले बताए । ‘नगरपालिका दूध र मासुमा आत्मनिर्भर छ, उनले भने ‘अब ब्यवसायीक रुपमा माछा पालन गर्ने किसानको संख्या बढाउन आवश्यक ठानेर तालिमको सुरुवात गरेका हौँ, हाम्रो चाहाना भनेको माछा पनि तरकारी, मासु र दूध जस्तै देशका विभिन्न ठाउँमा निर्यात गर्न पाइयोस् ।’

उनका अनुसार पाँचखालबाट दैनिक २५ हजार लिटरभन्दा बढी दूध राजधानी निर्यात हुने गरेको छ ।

प्रकाशित मिति : २०७६, २ चैत्र आईतबार  ४ : ५१ बजे

सिन्धुलीका बुद्धिजिविहरू उभिए, एमाले उमेदवार मनोज जंग थापाको पक्षमा

सिन्धुली: निर्वाचन नजिकिंदै जाँदा एमाले उमेदवार मनोज जंग थापाले सिन्धुलीका

काठमाडौंमा बन्धक बनाइएका ५ बंगलादेशीको उद्धार, संलग्न गिरोहका ७ जना पक्राउ

काठमाडौं । इटालीमा रोजगारीका लागि पठाइदिने प्रलोभन देखाई बंगलादेशी नागरिकहरूलाई

हरिहरपुरगढी एमालेको ५ सय ३१ सदस्यीय निर्वाचन परिचालन कमिटी

सिन्धुली: हरिहरपुरगढीमा निर्वाचन कार्यालय स्थापना सिन्धुली: नेकपा एमाले हरिहरपुरगढी पालिका कमिटीको

डाँडापारिको विकासका लागि एमाले उम्मेदवार अमित लामाको प्रतिबद्धता

काभ्रे । डाँडापारि क्षेत्रको समग्र विकास, रोजगारी सिर्जनाका लागि स्थानीय

युवा सङ्घ नेपालको नेतृत्व महाराज गुरुङलाई

काठमाडौं। राष्ट्रिय युवा सङ्घ नेपालको केन्द्रीय युवा परिषद्को प्रथम बैठकले