२०८२, २२ माघ बिहीबार

हेटौँडा–काठमाडौँ रोपवेको सम्भाव्यता अध्ययन गरिने

हेटौँडा–काठमाडौँ रोपवेको सम्भाव्यता अध्ययन गरिने


काठमाण्डौ, १ चैतः वाग्मती प्रदेशका भौतिक पूर्वाधार तथा विकासमन्त्री रामेश्वर फुयाँलले हेटौँडा–काठमाडौँ जोड्ने रोपवे लाइन सञ्चालनका लागि वागमती प्रदेश सरकारले सम्भाव्यता अध्ययन गर्ने बताउनुभएको छ ।

उहाँले पृथ्वी–सिद्धार्थ–त्रिभुवन राजमार्ग जोड्ने र बर्दिबास–काठमाडौँ जोड्ने राजमार्गमा यदाकदा बाढीपहिरोले सडक अवरुद्ध हुँदा काठमाडौँ उपत्यकाका सर्वसाधारणलाई इन्धन, खाद्यान्न र निर्माण सामग्रीका लागि सहज आपूर्ति तुल्याउन पुरानो हेटौँडा–काठमाडौँ जोड्ने रोपवेलाई सञ्चालन गर्न पहल गर्ने बताउनुभयो । उहाँले प्रदेश सरकारले आगामी आव २०७७/७८ मा कार्यान्वयन गर्नेगरी काम अघि बढाउने दृढता व्यक्त गर्नुभयो ।

यही शुक्रबार उहाँकै कार्यकक्षमा मकवानपुरका उद्यमी व्यवसायी, सर्वसाधारण नागरिक र हेटौँडा–काठमाडौँ रोपवेका पूर्वकर्मचारीले भेटघाट गरी उक्त रोपवे लाइनलाई चाडै सञ्चालन गर्न सुझावसहित माग प्रस्तुत गरेका थिए । हेटौँडा उपमहनगरपालिका–१ चौकीटोलमा स्थापित देशकै एकमात्र पुरानो हेटौँडा–काठमाडौँ जोड्ने रोपवे लाइन विगत एक दशकदेखि बन्द रहँदै आएको छ ।

रासस

प्रकाशित मिति : २०७६, १ चैत्र शनिबार  ८ : १५ बजे

सिन्धुलीका बुद्धिजिविहरू उभिए, एमाले उमेदवार मनोज जंग थापाको पक्षमा

सिन्धुली: निर्वाचन नजिकिंदै जाँदा एमाले उमेदवार मनोज जंग थापाले सिन्धुलीका

काठमाडौंमा बन्धक बनाइएका ५ बंगलादेशीको उद्धार, संलग्न गिरोहका ७ जना पक्राउ

काठमाडौं । इटालीमा रोजगारीका लागि पठाइदिने प्रलोभन देखाई बंगलादेशी नागरिकहरूलाई

हरिहरपुरगढी एमालेको ५ सय ३१ सदस्यीय निर्वाचन परिचालन कमिटी

सिन्धुली: हरिहरपुरगढीमा निर्वाचन कार्यालय स्थापना सिन्धुली: नेकपा एमाले हरिहरपुरगढी पालिका कमिटीको

डाँडापारिको विकासका लागि एमाले उम्मेदवार अमित लामाको प्रतिबद्धता

काभ्रे । डाँडापारि क्षेत्रको समग्र विकास, रोजगारी सिर्जनाका लागि स्थानीय

युवा सङ्घ नेपालको नेतृत्व महाराज गुरुङलाई

काठमाडौं। राष्ट्रिय युवा सङ्घ नेपालको केन्द्रीय युवा परिषद्को प्रथम बैठकले