२०८३, १९ श्रावण बुधबार

शिक्षा शाखा प्रमुख नहुँदा परीक्षा सञ्चालनमा समस्या

शिक्षा शाखा प्रमुख नहुँदा परीक्षा सञ्चालनमा समस्या


बनेपा १ चैत जिल्लाको डाँडापारिस्थित खानीखोला गाउँपालिकामा शिक्षा शाखा प्रमुख नहुँदा पालिकास्तरीय परीक्षा सञ्चालन गर्न समस्या आएको छ ।

समस्याकै बीचमा गत फागुन २८ गतेबाट परीक्षा सञ्चालन पनि भइरहेको छ । जनविकास माध्यमिक विद्यालयका प्रधानाध्यापक देशबहादुर वाइबालले शिक्षा शाखा हेर्ने कर्मचारी नहुँदा परीक्षा सञ्चालनमा समस्या आउने गरेको बताउनुभयो । गाउँपालिकाले प्राथमिक तहदेखि माध्यमिक तहसम्मको परीक्षा प्रश्नपत्र विगतदेखि नै अरु पालिकाबाट लगेर सञ्चालन गर्दै आएको उहाँले बताउनुभयोे । उहाँका अनुसार शिक्षा शाखा हेर्ने कर्मचारी नभएका कारण परीक्षा सञ्चालनमा समेत समस्या भइरहेको छ । अहिले सो गाउँपालिकाले सो शाखा गर्ने जिम्मा प्रशासनका कर्मचारी मोहनलाल श्रेष्ठलाई दिएको बताइएको छ ।

“म प्रशासनको मान्छे, मलाई शिक्षासम्बन्धी केही जानकारी छैन, शिक्षा हेर्ने कर्मचारी नभएपछि मलाई जिम्मा दिएको हो, मैले विद्यालयका शिक्षकसँग सरसल्लाह गरेर समन्वय गर्ने काममा सहजीकरण गरिरहेको छु”, श्रेष्ठले भन्नुभयो । उहाँले शिक्षकलाई तलब खुवाउने र अरु कामचलाउ मात्रै काम गरिरहेको बताउनुभयो । “अब म एक जनाले प्रशासन हेर्ने कि, योजना बनाउने कि के काम मात्रै हेर्ने रु मैले कसरी भ्याउने रु”, उहाँले भन्नुभयो । कर्मचारी अभावकै कारण गाउँपालिकास्तरीय परीक्षा सञ्चालन गर्न अरु गालिकाको भर पनुपर्ने अवस्था छ । गाउँपालिका अध्यक्ष कृष्ण खुलालले भने आकस्मिकरूपमा परीक्षा सञ्चालन गर्नुपर्ने भएकाले समस्या भएको हुनसक्ने बताउनुभयो । “गाउँ शिक्षा समितिको संयोजक आफैँ हुँ, मैले बैठक राखेर नै परीक्षाका काम सबै गर्नु भनेर जिम्मा दिएको हुँ”, उहाँले भन्नुभयो, “प्रश्नपत्र बनाउने समय नभएर अरु पालिकाबाट ल्याएर गरेको हुनसक्छ ।”

गाउँपालिकामा शिक्षा शाखा हेर्ने कर्मचारी नभएका कारण शिक्षा शाखाको समेत जिम्मा अधिकृत श्रेष्ठलाई जिम्मा दिएर काम गर्दै आइरहेको अध्यक्ष खुलालले भन्नुभयो । तेत्तीस जनाको दरबन्दी भएको गाउँपालिकामा अहिले प्रमुख प्रशासकीय अधिकृतलगायत वडासचिव र करारका चार गरी जम्मा ११ कर्मचारी रहेको गाउँपालिका अध्यक्ष कृष्णबहादुर खुलालले बताउनुभयो । गाउँपालिकामा प्राथमिक, आधारभूत र माध्यमिक तह गरी ३८ विद्यालय छन् । रासस

प्रकाशित मिति : २०७६, १ चैत्र शनिबार  ५ : ३६ बजे

रेडक्रसका ६२ जिल्ला शाखालाई २१ दिनभित्र बक्यौता बुझाउन निर्देशन

काठमाडौं । नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालयले ६२ वटा जिल्ला

ओलीको आग्रहपछि पनि हिक्मत कार्कीको अडान कायम, आज फेरि निर्णायक छलफल

विराटनगर । नेकपा (एमाले) भित्र कोशी प्रदेशको मुख्यमन्त्री परिवर्तनको विषयमा

अर्थमन्त्री स्वर्णिम वाग्लेले आज राष्ट्र बैंकका कार्यकारी निर्देशकसँग छलफल गर्दै

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज नेपाल राष्ट्र बैंकका

आज यी क्षेत्रमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना, सतर्क रहन मौसम विभागको आग्रह

काठमाडौं । देशभर मनसुनी वायु सक्रिय रहँदा बुधबार केही प्रदेशका

नसर्ने रोगको जोखिम रोक्न सूर्यविनायक र बेथानचोकको सहकार्य – औषधिभन्दा चेतना ठूलो : संयोजक रविन्द्र सापकोटा

भक्तपुर । भक्तपुरको सूर्यविनायक नगरपालिका र काभ्रेको बथानचोक गाउँपालिकाको स्वास्थ्यकर्मीलाई