धुलिखेल, २९ फागुनः धुलिखेल नगरपालिकाको योजना अनुगमन समितिले देबिस्थान क्षेत्रमा निर्माण गरिएको देबिस्थान पार्क र बलभद्र कुँवरको शालिक अनुगमन गरेको छ । पालिकाको भुमि ब्यबस्थापन तथा भबन नियमन शाखाका प्रमुख इन्जिनियर हरेराम हुमागाईका अनुसार वडा नम्बर ८ र ९ काे सिमानामा निर्माधिन पार्क र शालिकको अनुगमन गरिएको हो ।
उपप्रमुख बिमला शर्मा संयोजक रहेको अनुगमन समितिलाई वडाध्यक्ष एवं पुर्वाधार समितिका संयोजक निराजन जंगमले पार्क र शालिक निर्माणमा भइरहेको प्रगति सुनाएका थिए । इन्जिनियर हुमागाईका अनुसार प्राविधिक स्टामेट अनुसार नै काम भइरहेका बताए ।
पार्क र शालिक निर्माणमा ४ करोड खर्च हुनेछ । पार्क र शालिक निर्माणका लागि बागमती प्रदेश सरकार र धुलिखेल नगरपालिकाले आधा/आधा रकम लगानी गरेका छन् । यो वर्ष धुलिखेल नगरपालिका र प्रदेश सरकारको १/१ कराेड रुपैयाँ खर्च भएको इन्जिनियर हुमागाईले बताए ।
प्रतिक्रिया