२०८३, ३० भाद्र बुधबार

मण्डनदेउपुर नगरपालिकाको निर्देशनः चैत ५ गतेभित्र विब्यस गठन नगरे आफै तोक्छौैैँ

मण्डनदेउपुर नगरपालिकाको निर्देशनः चैत ५ गतेभित्र विब्यस गठन नगरे आफै तोक्छौैैँ


धुलिखेल २७ फागुनः काभ्रेको मण्डनदेउपुर नगरपालिकाले विद्यालय व्यवस्थापन समिति गठन हुन नसकेका विद्यालयलाई चैत्र ५ गतेभित्र समिति गठन गरिसक्न निर्देशन दिएको छ । मंगलबार बसेको नगरकार्यपालिकाको बैठकले यस्तो निर्देशन दिएको हो ।

समिति बन्न बाँकी रहेका विद्यालयहरुमा वडा नं २ को बालुवा माध्यमिक विद्यालय, ४ को महाकाली माध्यमिक विद्यालय विद्यालय, ५ को तपेश्वर माध्यमिक विद्यालय विद्यालय र १० को विन्धबासिनी माध्यमिक विद्यालय रहेका छन् । तोकिएको मिति भित्र समिति नबाए नगरपालिकाले नै समिति तोकेर पठाउने निर्णय बैठकले गरेको नगरपालिकाका प्रवक्ता डिल्ली प्रसाद आचार्यले बताए । ‘यो नगर कार्यपालिकाको निर्णय हो, उनले भने ‘विद्यालय ब्यवस्थापन समिति पुर्नगठन नहुदाँ विद्यालयको ब्यवस्थापकीय काममा समस्या आउँछ ।’

त्यस्तै नगरपालिकाभित्रका सबै विद्यालयमा तहगत प्रधानाध्यापक पठाउने पनि बैठकले निर्णय गरेको छ । यसैबीच कोरोना भाइरसबाट बच्ने उपायका बारे विद्यालय तहबाट चेतना मुलक कार्यक्रम सुरुवात गर्ने निर्णय पनि बैठकले गरेको प्रवक्ता आचार्यले बताए । नगरपालिकाले शिक्षामा ठूलो लगानी गरेको छ । शिक्षकहरुलाई मासिक तलब भुक्तानीको ब्यवस्था देखि टकिङ टिचरको समेत ब्यवस्था गरिएको छ । नयाँ शिक्षण सिकाईका बारे समेत नगरपालिकाले नगरभित्रका सबै प्रधानाध्यपकहरुलाई भेला गरेर विज्ञ टोलीसँग अन्र्तक्रिया, छलफल जस्ता कार्यक्रम गर्दै आइरहेको छ ।

मण्डनदेउपुर नगरपालिकाभित्र बाल विकास केन्द्र, आधारभूत र माध्यमिक विद्यालय गरी ४० वटा विद्यालय रहेका छन् । नगरपालिकाले सबै सामुदायिक विद्यालयका बालबालिकालाई एउटै पोसाकको समेत ब्यवस्था गरेको छ ।

प्रकाशित मिति : २०७६, २७ फाल्गुन मंगलबार  ६ : ४७ बजे

सांसद बोलिरहेकै बेला गृहमन्त्री हिँडेपछि सदनमा बबाल, ऐन महरले सोधे-‘मर्यादा प्रतिपक्षले मात्रै राख्ने हो ?’

काठमाडौं । प्रतिनिधिसभामा सांसद बोलिरहेका बेला गृहमन्त्री अगाडिबाट हिँडेपछि नेकपा एमालेका

एमालेको प्रधानमन्त्रीलाई चेतावनी : ‘एक्लै काफी छु’ भन्ने अहंकार नदेखाउनू

काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री बालेन शाहलाई विपद्को समयमा ‘एक्लै काफी

चीनको बढ्दो प्रभावले बदलिँदै विश्व व्यवस्था, अमेरिका–चीन द्वन्द्वको जोखिम उच्च

काठमाडौं । चीनले राष्ट्रपति सी चिनफिङको नेतृत्वमा विश्व व्यवस्थामा आफ्नो

अब एटीएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने

काठमाडौं । नेपाल राष्ट्र बैंकले दशैँ तिहारलाई लक्षित गर्दै बैंक

सूर्यविनायक गणेश रथारोहण एवं रथ जात्राको तयारी पुरा

भक्तपुर, २९ भदौ : गणेश जन्मोत्सवको अवसरमा उपत्यकाका चार विनायक