२०८२, १६ कार्तिक शनिबार

मण्डनदेउपुर नगरपालिकाको निर्देशनः चैत ५ गतेभित्र विब्यस गठन नगरे आफै तोक्छौैैँ

मण्डनदेउपुर नगरपालिकाको निर्देशनः चैत ५ गतेभित्र विब्यस गठन नगरे आफै तोक्छौैैँ


धुलिखेल २७ फागुनः काभ्रेको मण्डनदेउपुर नगरपालिकाले विद्यालय व्यवस्थापन समिति गठन हुन नसकेका विद्यालयलाई चैत्र ५ गतेभित्र समिति गठन गरिसक्न निर्देशन दिएको छ । मंगलबार बसेको नगरकार्यपालिकाको बैठकले यस्तो निर्देशन दिएको हो ।

समिति बन्न बाँकी रहेका विद्यालयहरुमा वडा नं २ को बालुवा माध्यमिक विद्यालय, ४ को महाकाली माध्यमिक विद्यालय विद्यालय, ५ को तपेश्वर माध्यमिक विद्यालय विद्यालय र १० को विन्धबासिनी माध्यमिक विद्यालय रहेका छन् । तोकिएको मिति भित्र समिति नबाए नगरपालिकाले नै समिति तोकेर पठाउने निर्णय बैठकले गरेको नगरपालिकाका प्रवक्ता डिल्ली प्रसाद आचार्यले बताए । ‘यो नगर कार्यपालिकाको निर्णय हो, उनले भने ‘विद्यालय ब्यवस्थापन समिति पुर्नगठन नहुदाँ विद्यालयको ब्यवस्थापकीय काममा समस्या आउँछ ।’

त्यस्तै नगरपालिकाभित्रका सबै विद्यालयमा तहगत प्रधानाध्यापक पठाउने पनि बैठकले निर्णय गरेको छ । यसैबीच कोरोना भाइरसबाट बच्ने उपायका बारे विद्यालय तहबाट चेतना मुलक कार्यक्रम सुरुवात गर्ने निर्णय पनि बैठकले गरेको प्रवक्ता आचार्यले बताए । नगरपालिकाले शिक्षामा ठूलो लगानी गरेको छ । शिक्षकहरुलाई मासिक तलब भुक्तानीको ब्यवस्था देखि टकिङ टिचरको समेत ब्यवस्था गरिएको छ । नयाँ शिक्षण सिकाईका बारे समेत नगरपालिकाले नगरभित्रका सबै प्रधानाध्यपकहरुलाई भेला गरेर विज्ञ टोलीसँग अन्र्तक्रिया, छलफल जस्ता कार्यक्रम गर्दै आइरहेको छ ।

मण्डनदेउपुर नगरपालिकाभित्र बाल विकास केन्द्र, आधारभूत र माध्यमिक विद्यालय गरी ४० वटा विद्यालय रहेका छन् । नगरपालिकाले सबै सामुदायिक विद्यालयका बालबालिकालाई एउटै पोसाकको समेत ब्यवस्था गरेको छ ।

प्रकाशित मिति : २०७६, २७ फाल्गुन मंगलबार  ६ : ४७ बजे

एमालेको सचिवालय बैठक बस्दै, प्रतिनिधि चयनमा यस्तो छ

काठमाडौं। आज नेकपा एमालेको सचिवालय बैठक बस्दैछ। बैठक अध्यक्ष केपी

तिलिचो बेसक्याम्पमा फसेका ११ पर्यटकको एपीएफले गर्‍यो उद्धार

काठमाडौं। उच्च हिमपात र अविरल वर्षाका कारण पाँच दिनदेखि तिलिचो

आजको मौसम : कोशी, बागमती र गण्डकी प्रदेशमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बंगालको खाडीमा

ओली र लेखकलाई तोकिएको स्थानहदविरुद्ध सर्वोच्चले दिएन अन्तरिम आदेश

काठमाडौं । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश

काठमाडौं महानगरपालिकाको आग्रह : फोहोर घर बाहिर ननिकाल्नू

काठमाडौं । बञ्चरेडाँडा ल्याण्डफिल साइटमा फोहोर विसर्जन रोकिएपछि काठमाडौं महानगरपालिकाले