२०८२, २४ जेष्ठ शनिबार

काभ्रे क्याम्पसमा एक महिनादेखि  पठनपाठन ठप्प

काभ्रे क्याम्पसमा एक महिनादेखि  पठनपाठन ठप्प


धुलिखेल, २७ फागुनः काभ्रेको बनेपा नगरपालिका वडा नम्बर ६ मा रहेको काभ्रे बहुमुखी क्याप्पसको प्रशासन र लेखा शाखामा माघ २६ गतेदेखि तालाबन्दी भएपछि पठनपाठन ठप्प भएको छ । अनेरास्ववियुले गरेको तालान्दीका कारण कक्षा ११ र १२ को पठनपाठन ठप्प भएको हो । ताला नखुल्दा ११ र १२ कक्षाका ५५ जना विद्यार्थीले पढ्न पाएका छैनन् ।

क्याम्पसको लापरबाहीका कारण विद्यार्थीको भविष्य अन्योल भएको भन्दै क्याम्पस प्रमुख केजी बैदारको राजीनामा र विद्यार्थीको हालसम्मको शुल्क फिर्ता तथा थप क्षतिपूर्तिसहितको माग राखेर तालाबन्दी गरेको अनेरास्ववियूका केन्दीय सदस्य शालिकराम पराजुलीले बताउनुभयो ।

कक्षा १२ मा अध्ययनरत विद्यार्थी एलिसा लामाले पटक–पटक क्याम्पस प्रशासनलाई आफुहरुको समस्या सम्बोधन गर्न आग्रह गर्दा पनि क्याम्पस प्रमुख केजी बैदारले बेवास्त गरेको बताएकी छन । विद्यार्थी लामाका अनुसार क्याम्पसले कक्षा ११ र १२ मा कम्प्युटर इञ्जिनियरिङ अध्ययन गर्ने विद्यार्थीलाई अनिवार्य रसायन विज्ञान र भौतिक विज्ञान विषय नपढाएर नेपाली र अङ्ग्रेजी अध्यापन गराएका कारण स्नातक तहमा विद्यार्थीले कम्प्युटर इञ्जिनीयरिङ अध्ययन गर्न नपाउने परीक्षा बोर्डले बताएको छ ।

तालाबन्दी खुलाउन बिद्यार्थी संगठन र क्याम्पस प्रशासनबीच फागुन १३ गते भएको छलफल समेत निष्कर्ष विहिन भएको छ । तालाबन्दीले कक्षा ११ र १२ का बिद्यार्थीको बाहेक अरु कक्षाहरु भने सुचारु नै रहेको क्याम्पस प्रमुख केजी बैदारले बताउनुभयो । पाठ्यक्रम विकास केन्द्रका निर्देशक गणेश भट्टराईले पाठ्यक्रम अनुसार नपढाएर मान्यता नहुने बताए ।

प्रकाशित मिति : २०७६, २७ फाल्गुन मंगलबार  ८ : ३३ बजे

प्रधानमन्त्रीसँग संक्रमणकालीन न्यायसम्बन्धी दुई आयोगका पदाधिकारीको छलफल

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग सत्य निरुपण तथा मेलमिलाप

आज जातीय भेदभाव तथा छुवाछुत उन्मुलन राष्ट्रिय दिवस

काठमाडौं । आज जातीय भेदभाव तथा छुवाछुत उन्मुलन राष्ट्रिय दिवस

राइड सेयरिङमा बढी भाडा लिए जानकारी दिन नेपाल प्रहरीको अनुरोध

काठमाडौं । यातायात व्यवसायीले यातायात बन्दको घोषणा गरेपछि राइड सेयरिङ

राष्ट्रपति पौडेलद्वारा रातो मच्छिन्द्रनाथको भोटो जात्रा अवलोकन

ललितपुर । राष्ट्रपति रामचन्द्र पौडेलले वर्षा र सहकालका देवता रातो

गणतान्त्रिक शक्तिहरूबीचको सहकार्य मजबुत बनाउनु आजको आवश्यकता :अध्यक्ष प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गणतान्त्रिक