२०८३, १८ बैशाख शनिबार

कच्चा तेलको मुल्यमा भारी गिरावट, एकै दिन २० प्रतिशतभन्दा बढीले घट्यो

कच्चा तेलको मुल्यमा भारी गिरावट, एकै दिन २० प्रतिशतभन्दा बढीले घट्यो


काठमाडौं २७ फागुनः विश्व बजारमा कच्चा तेलको भाउ २० प्रतिशतभन्दा बढीले घटेको छ । साउदी अरेबियाले एकतर्फी रुपमा घरेलु बजारमा तेलको भाउ घटाएसँगै सोमबार तेलको भाउमा ठूलो कमी देखिएको हो । पेट्रोलियम पदार्थ निर्यातकर्ता मुलुकको संगठन ९ओपेक० र उसका सहयोगी मुलुकको बीचमा तेल उत्पादन कटौतीबारे सम्झौता हुन नसकेपछि साउदीले एकतर्फी रुपमा तेलको भाउ घटाएको हो ।

समाचारमा बताइएअनुसार अहिले साउदी आफ्नो तेल उत्पादन पनि बढाउने तयारीमा रहेको छ । यसले तेल उत्पादक मुलुकको बीचमा मूल्यको युद्ध हुनसक्ने आशंका बढेको छ । ब्रेन्ट कच्चा तेलको भाउ अघिल्लो दिनको तुलनामा प्रतिब्यारेल २२ दशमलव ०५ प्रतिशत घटेर ३५ दशमलव २९ डलरमा आइपुगेको छ । त्यस्तै अमेरिकाको वेस्ट टेक्सास इन्टरमिडियट कच्चा तेलको भाउ पनि प्रतिब्यारेल २२ दशमलव ८२ प्रतिशत घट्दै ३१ दशमलव ८६ प्रतिशतमा आइपुगेको छ ।

ओपेक र उसका सहयोगी मुलुकको बीचमा अत्यधिक उत्पादनको समस्याबारे विवाद देखिएको थियो । तेल उत्पादक मुलुकमध्ये साउदी अरेबियाको लागत सबैभन्दा कम छ । त्यसैले पनि उसले तेलको भाउ घटाउँदै उत्पादन बढाउने निर्णय गरेको हो । तर, यसको असर समग्र तेलको बजारमा परेको हो ।

साउदी अरेबियाले शनिबार तेल विक्री गर्दा उल्लेख्य छुट दिने र तेल उत्पादन दैनिक १ करोड ब्यारेलभन्दा बढी पुर्‍याइने बताएको थियो । अहिले साउदी अरेबियाले दैनिक ९७ लाख ब्यारेल तेल उत्पादन गर्दै आएको छ । तर, उसको तेल उत्पादन क्षमता दैनिक १ करोड २५ लाख ब्यारेल छ ।

गत शुक्रबार भियन्नामा भएको ओपेक र उसका सहयोगी मुलुकको बैठकमा तेल उत्पादन अप्रिलदेखि १५ लाख ब्यारेल प्रतिदिनको दरले कटौती गर्ने प्रस्ताव अघि सारिएको थियो । तर, यो प्रस्ताव रुसले अस्वीकार गरेको थियो ।

यसअघि नै तेलको भाउ चीनबाट फैलिएको कोरोना भाइरस कोभिड–१९ को कारण कमजोर बन्न पुगेको अवस्थामा तेल उत्पादक मुलुकबीच बढेको तनावले तेलको भाउ घट्नमा अझै ठूलो सहयोग गरेको हो । विश्लेषकहरुले तेलको भाउ अझै कमजोर बन्नसक्ने भन्दै चेतावनी दिइसकेका छन् ।

तर, केहीले भने साउदी अरेबिया र रुसको बीचमा अझै पनि सहमति हुन सक्ने र यसले तेलको घट्दो भाउलाई उकास्न सहयोग पुग्ने बताएका छन् । यसअघि तेलको भाउ सन् २०१६ को जनवरीमा अहिलेसम्मकै कमजोर विन्दुमा आइपुगेको थियो ।

प्रकाशित मिति : २०७६, २७ फाल्गुन मंगलबार  ७ : ५९ बजे

लुम्बिनीमा प्रधानमन्त्री गायब ! परम्परा तोडिँदा चर्कियो आलोचना

लुम्बिनी । बुद्धजयन्तीको अवसरमा हरेक वर्ष जस्तै यसपटक पनि विशेष

घरटहरा हटाउँदा आफ्नै सरकारविरुद्ध सांसद ! ‘जनतालाई बिर्सन मिल्दैन’

काठमाडौँ । देशका विभिन्न स्थानमा सञ्चालन भइरहेको घरटहरा हटाउने अभियानप्रति

देशमा सुरक्षित र समावेशी डिजिटल इकोसिस्टम निर्माण सरकारको प्राथमिकता : सञ्चारमन्त्री तिमिल्सिना

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले देशमा

बल्खुमा डोजर पुगेपछि तनाव, बासिन्दामा सामान सार्ने हतार

काठमाडौं । काठमाडौं उपत्यकामा अतिक्रमित तथा नदी किनारका बस्ती हटाउने

टौबास क्षेत्रको अतिक्रमणबारे भिमफेदी गाउँपालिकाको कडा पत्र

मकवानपुर । भीमफेदी गाउँपालिकाले वडा नं १ को टौबास क्षेत्रमा