२०८२, २९ पुस मंगलबार

होलीमा काभ्रे प्रहरीको एक्सनः उत्शृङ्खल गतिविधि गरे तत्कालन नियन्त्रण

होलीमा काभ्रे प्रहरीको एक्सनः उत्शृङ्खल गतिविधि गरे तत्कालन नियन्त्रण


धुलिखेल, २६ फागुनः काभ्रे प्रहरीले होलीलाई सौहार्द पुर्ण वातावरणमा लेख्न आग्रह गरेको छ । प्रहरीले संयमित भएर होली पर्व मनाउन आग्रह गरेको हो । धेरै जमघट नगर्न र इच्छा विपरित रंग, पानी र लोला हानेको पाइएको तत्काल कारबाही गर्ने काभ्रे प्रहरी प्रमुख रवि कुमार पौडेलले बताए ।

उनका अनुसार जिल्लाको बनेपा, पनौती, धुलिखेल र मूख्य–मुख्य बजार क्षेत्रलाई सोमबार सुरक्षाका हिसाबले अति संवेदशील मानिएको छ । त्यहि अनुसार सुरक्षा कर्मीको उपस्थिति बढाइएको एसपी रवि कुमार पौडेलले बताए ।

प्रहरीले बनेपामा सवारी साधनको चेकजाँचलाई अघिल्लो दिनको तुलनामा ह्वात्तै बढाएको छ । खासगरी दुई पाङ्ग्रे सवारी साधानलाई उच्च निगरानीमा राखिएको एसपी पौडेलले बताए । प्रहरीले आफ्नो घर, टोल, छरछिमेकमा कुनै उत्शृङखल गतिविधि र अप्रिय घटना भए पैसा नलाग्ने फोन नम्बर १०० मा फोन गर्न पनि आग्रह गरेको छ ।

विश्वभर फैलिएको कोरोना भाइरसका कारण पनि यो वर्ष होली खेल्नेको चहलपहल भने सहर बजारमा निकै कम देखिन्छ । गृहमन्त्रालयले रंग, पानी प्रयोग नगर्न र धेरै संख्यामा जमघट नगर्न सबैलाई अपिल गरेको छ ।

प्रकाशित मिति : २०७६, २६ फाल्गुन सोमबार  ८ : १७ बजे

सिन्धुलीको घाङलेखमा  एसबी आई बैंक लुटियो, काभ्रेबाट टाटा सूमो चढेर आएका थिए लुटेरा समूह

सिन्धुलीको घाङलेख गाउँपालिकामा रहेको नेपाल एसबी आई बैंक साँझ ७

देउवाको राजीनामा मुद्दामा सहमति जुटेन, त्रिपक्षीय वार्ता एक घण्टाका लागि स्थगित

काठमाडौं । नेपाली कांग्रेसभित्रको विवाद समाधानका लागि बसेको त्रिपक्षीय वार्ता

“बागबजारको होडिङ बोर्ड” सपना र संघर्ष

धेरैपछि काठमाडौँ आएको छु,अन्तर्राष्ट्रिय विमानस्थलबाट झर्दा पहिलो सासमै केही फरक

कांग्रेसमा अराजकता होइन, विधान र जिम्मेवारीको शासन चाहिन्छ

नेपाली कांग्रेस आज आन्तरिक तनावको कठिन चरणमा छ। तर यो

कांग्रेस केन्द्रीय समिति बैठक दिउँसो १ बजे बस्ने, विशेष महाधिवेशन विवाद चुलिँदै

काठमाडौं। नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक मंगलबार दिउँसो १ बजेका