२०८२, १४ फाल्गुन बिहीबार

काभ्रेको भुम्लु गाउँपालिकामा एकैरात वडा कार्यालय र स्वास्थ्य चौकी सहित ९ घरमा चोरी

काभ्रेको भुम्लु गाउँपालिकामा एकैरात वडा कार्यालय र स्वास्थ्य चौकी सहित ९ घरमा चोरी


धुलिखेल, २५ फागुनः काभ्रेको कोशीपारी क्षेत्रमा पर्ने भुम्लु गाउँपालिका वडा न.८ मा शनिबार राती वडा कार्यालय र स्वास्थ्य चौकी सहित ९ घरमा चोरी भएको छ । गएराति सवा ११ देखि १ बजेको बीचमा पौवादेखि हबेली भन्ने ठाउँसम्मका घर पसल, वडा कार्यालय र स्वास्थ्य चौकीमा चोरी भएको स्थानीय रमेशप्रसाद खरेलले जानकारी दिए ।

वडा कार्यालयको ताला फोरेर नगद २५ हजार रुपैयाँ चोरी भएको बताइएको छ । स्वास्थ्य चौकीको भने मुख्य गेटको तालामात्रै फोरिएको छ । चोरी गर्ने समुहले महिला स्वास्थ्य स्वयम सेविका दुर्गा उप्रेतीको घरबाट २६ हजार रुपैयाँ नगद, सोभा तामाङ करिब २५ देखि ३५ हजार रुपैयाँ चोरी गरेका छन् । रमेश प्रसाद खरेलकै घरबाट नगर र गहना गरी ६० देखि ७० हजार रुपैयाँ बराबरको चोरी भएको छ ।

त्यस्तै सुब्बा खत्रीको पसलबाट नगद २६ हजार, हबेलीका आइतराम तामाङको किराना पसलबाट २८ देखि ३५ हजार नगद चोरी भएको बताइएको छ । स्थानीय मेजर लामाको मासु र किराना पसलबाट १५ देखि १८ सय चोरी भएको छ भने पौवाका माइला तामाङको पसलबाट खाने सामाग्री चोरी भएको स्थानीय रमेशप्रसाद खरेलले बताए ।

गाउँमा चोर पसेको थाहा पाएपछि स्थानीयले दोलालघाट प्रहरी चौकीमा फोन गरेका थिए । तर फोन नउठेपछि जिल्ला प्रहरी कार्यालय धुलिखेलमा फोन गरे । जिल्ला प्रहरी कार्यालयको आदेशमा दोलालघाट प्रहरी बिहान ३ बजे गाउँमा पुगेको थियो । गाउँमा अहिले सशस्त्र र नेपाल प्रहरीको टोली खटिएको छ । अहिलेसम्म कसैलाई पनि प्रहरीले नियन्त्रणमा लिन सकेको छैन ।

प्रकाशित मिति : २०७६, २५ फाल्गुन आईतबार  २ : ३५ बजे

एमाले प्रवेश गर्ने राप्रपाको टिमलाई महेश बस्नेतले गरे स्वागत

भक्तपुर, १४ फागुन : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) कामध्यपुरथिमि नगर

वर्षौँको प्रतीक्षा अब अन्त्य हुँदैछ : पनौती बदल्ने प्रतिबद्धतासहित अमित लामा घरदैलोमा

पनौती । प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं १ का उम्मेदवार तथा

एमाले र रास्वपाका कार्यकर्ताबीच झडप, दुई जना घाइते

धनगढी। एमाले र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताबीच बैतडीमा

शेरबहादुर देउवा सिंगापुर प्रस्थान

काठमाडौँ। नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा स्वास्थ्य उपचारका

शंकर पोखरेलको विकास दृष्टि : संरचना,स्थायित्व र समृद्ध भविष्यको रणनीतिक मार्गचित्र

राजनीतिमा प्रतिबद्धता धेरैले व्यक्त गर्छन् । तर त्यसलाई योजनाबद्ध दृष्टि,