२०८३, १२ कार्तिक बिहीबार

बागमती प्रदेशमा महिला अधिकारको घटना बढ्यो: इन्सेक

बागमती प्रदेशमा महिला अधिकारको घटना बढ्यो: इन्सेक


धुलिखेल, २५ फागुनः अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बागमती प्रदेश कार्यालयले बागमती प्रदेशमा अघिल्लो वर्षको तुलनामा यो वर्ष महिला अधिकारका घटनामा वृद्धि भएको जनाएको छ । आइतबार ११० औँ अन्तर्राष्ट्रिय नारी दिवसका सन्दर्भमा इन्सेक बागती प्रदेश संयोजक कृष्ण गौतमले जारी गरेको प्रेस विज्ञप्तीमा महिला माथि हिंसा र ज्यादतीको घटना कमी हुनुको साटो बढी रहेको बताएको छ ।

विज्ञप्तिमा महिला समानताका लागि भएका प्रयासहरुको तुलनामा उपब्धी सन्तोषजन हुन नसकेको बताइएको छ । ‘यस अबधिमा समावेशी सिद्धान्तमा महिला सहभागीता बढाउनु बाहेक पुरुष समान अधिकार र उत्तरदायित्व बहन गर्न महिलालाई सक्षम बनाउन सकिएको छैन’ विज्ञप्तिमा भनिएको छ, ‘पुरुष सत्तात्मक राज्य शक्ति शासित परिवारमा अझै पनि महिलाले छाउपडि, झुमा, वादी, देउकीका नाममा तल्लो स्तरको जीवन यापन गर्न बाध्य हुनु परेको छ । ’

विज्ञप्तिमा इन्सेकले २०१९ मा संकलन गरेको घटनाहरु नेपाल मानव अधिकार वर्ष पुस्तक २०२० मार्फत सार्वजनिक गरेको अभिलेख अनुसार बागमती प्रदेशमा सन् २०१९ मा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाबाट १ हजार ४ सय ९४ जना पीडित भएकोमा १ हजार १ सय ८४ जना महिलाहरु पीडित भएका जनाइएको छ ।

बागमती प्रदेशमा राज्यपक्षबाट १४ जना महिला र अन्य पक्षबाट १ हजार १ एक ७० जना महिला पीडित भएका छन् । सन् २०१९ मा ८ सय १४ जना महिला पीडित भएकोमा महिला अधिकारको घटनाबाट ७ सय ४७ जना र बालअधिकार उल्लङ्घनका घटनामा ३ सय ७० जना बालिकाहरु पीडित भएका थिए । विज्ञप्तिमा प्रदेशको १३ जिल्लामा बलात्कारका ३ सय ८६ वटा घटना अभिलेखमा २ सय ५३ जना बालिका र १ सय ३३ जना महिला पीडित भएको उल्लेख गरिएको छ ।

प्रकाशित मिति : २०७६, २५ फाल्गुन आईतबार  २ : ०६ बजे

प्रहरीको कडा चेतावनी : संगठनलाई विवादमा तानेर सरकारविरुद्ध खेल्नेहरूमाथि अनुसन्धान

काठमाडौं । नेपाल प्रहरीले संगठनको प्रतिष्ठामाथि आँच पुर्‍याउने र प्रहरीलाई

चार घण्टा रवि–बालेनको गोप्य संवाद, ठाकुर गैरेको प्रश्न-‘खिल निस्कियो कि थपियो ?’

काठमाडौं। प्रधानमन्त्री बालेन शाह र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति

कांग्रेस इतर समूहले भन्यो : ९० क्षेत्रको क्षेत्रीय अधिवेशन सकियो 

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहले १५ औं महाधिवेशन

मंसिरभर जनतामाझ जाने कांग्रेसको तयारी, गगनले घोषणा गरे ‘कांग्रेस तयार छ’ अभियान

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले महाधिवेशनबाट पारित नीति

स्पेनको रेल दुर्घटनाप्रति नेपालद्वारा दुःख व्यक्त

काठमाडौं । स्पेनको टोलेडो प्रान्तमा भएको दु:खद रेल दुर्घटनाप्रति नेपाल