२०८२, ९ चैत्र मंगलबार

बागमती प्रदेशमा महिला अधिकारको घटना बढ्यो: इन्सेक

बागमती प्रदेशमा महिला अधिकारको घटना बढ्यो: इन्सेक


धुलिखेल, २५ फागुनः अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बागमती प्रदेश कार्यालयले बागमती प्रदेशमा अघिल्लो वर्षको तुलनामा यो वर्ष महिला अधिकारका घटनामा वृद्धि भएको जनाएको छ । आइतबार ११० औँ अन्तर्राष्ट्रिय नारी दिवसका सन्दर्भमा इन्सेक बागती प्रदेश संयोजक कृष्ण गौतमले जारी गरेको प्रेस विज्ञप्तीमा महिला माथि हिंसा र ज्यादतीको घटना कमी हुनुको साटो बढी रहेको बताएको छ ।

विज्ञप्तिमा महिला समानताका लागि भएका प्रयासहरुको तुलनामा उपब्धी सन्तोषजन हुन नसकेको बताइएको छ । ‘यस अबधिमा समावेशी सिद्धान्तमा महिला सहभागीता बढाउनु बाहेक पुरुष समान अधिकार र उत्तरदायित्व बहन गर्न महिलालाई सक्षम बनाउन सकिएको छैन’ विज्ञप्तिमा भनिएको छ, ‘पुरुष सत्तात्मक राज्य शक्ति शासित परिवारमा अझै पनि महिलाले छाउपडि, झुमा, वादी, देउकीका नाममा तल्लो स्तरको जीवन यापन गर्न बाध्य हुनु परेको छ । ’

विज्ञप्तिमा इन्सेकले २०१९ मा संकलन गरेको घटनाहरु नेपाल मानव अधिकार वर्ष पुस्तक २०२० मार्फत सार्वजनिक गरेको अभिलेख अनुसार बागमती प्रदेशमा सन् २०१९ मा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाबाट १ हजार ४ सय ९४ जना पीडित भएकोमा १ हजार १ सय ८४ जना महिलाहरु पीडित भएका जनाइएको छ ।

बागमती प्रदेशमा राज्यपक्षबाट १४ जना महिला र अन्य पक्षबाट १ हजार १ एक ७० जना महिला पीडित भएका छन् । सन् २०१९ मा ८ सय १४ जना महिला पीडित भएकोमा महिला अधिकारको घटनाबाट ७ सय ४७ जना र बालअधिकार उल्लङ्घनका घटनामा ३ सय ७० जना बालिकाहरु पीडित भएका थिए । विज्ञप्तिमा प्रदेशको १३ जिल्लामा बलात्कारका ३ सय ८६ वटा घटना अभिलेखमा २ सय ५३ जना बालिका र १ सय ३३ जना महिला पीडित भएको उल्लेख गरिएको छ ।

प्रकाशित मिति : २०७६, २५ फाल्गुन आईतबार  २ : ०६ बजे

रविको मुद्दामा आज पनि सुनुवाइ हुँदै

काठमाडौं । रवि लामिछानेसँग सम्बन्धित मुद्दामा आज पनि सर्वोच्च अदालतमा

संसदको पहिलो बैठकमा हर्क साम्पाङका ४ प्रस्ताव, एमसीसी खारेज पहिलो एजेन्डा

विराटनगर । हर्क साम्पाङ ले प्रतिनिधिसभाको पहिलो बैठकमै एमसीसी खारेजी

रास्वपाले बोलायो केन्द्रीय समिति बैठक, दलको नेता चयन हुने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समिति बैठक बोलाएको

कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै हस्ताक्षर अभियान

काठमाडौँ । स्वतन्त्र विद्यार्थी यूनियन (स्ववियू), त्रिचन्द्र बहुमुखी क्याम्पसले जेन्जी

गगन थापाको राजीनामा अस्वीकार, कांग्रेसले देखायो ८ आधार

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले सभापति गगन कुमार