२०८३, १९ श्रावण बुधबार

काभ्रे मण्डनदेउपुरको आलुमा ढुसीजन्य रोग मात्रै !

काभ्रे मण्डनदेउपुरको आलुमा ढुसीजन्य रोग मात्रै !


धुलिखेल, २२ फागुनः अघिल्लो सिजनको तुलनामा यो पटक काभ्रेको मण्डनदेउपुरका किसानहरु निकै चिन्तित बने । सोचे अनुसारको उत्पादन नहुने भयो । खन्ने बेला नहुँदैँ आलुको बोट पहेँलै भनेर ।

मण्डनदेउपुरको विभिन्न फाँट मध्ये सबैभन्दा बढी चाखोला फाँटका किसान अहिले पनि चिन्छिन् । यहि फाँटमा यो समस्या देखा परेको थियो । लगानी अनुसारको आम्दानी नहुने चिन्ताका माज मण्डनदेउपुरका किसानहरुलाई विज्ञहरुले नआत्तिन सुझाउ दिएका छन् । उनीहरुले् यो रोगलाई ढुसीजन्य रोग हुन सक्ने बताएका छन् ।

नगरपालिकाको कृषि शाखामा किसानले गुनासो गरे । शाखाले तत्काल चासो देखायो । किसानको खेतमा पुग्यो । तर रोग पत्ता लगाउन सकेन । पालिकाको कृषि शाखाले धुलिखेलमा रहेको कृषि ज्ञान केन्द्रका प्राविधिकलाई स्थगत अनुगमन गर्न बोलायो । फागुन १४ गते प्राविधिक टोली किसानको खेतमा पुग्यो । जिल्लाको प्राविधिक टोलीले आलुका केहि नमुना संकलन गरेर केन्द्रीय कृषि प्रयोगशाला हरिहरभवन पठायो ।

जिल्लाले पठाएको नमुनामाथि थप स्थलगत अध्ययनका लागि मंगलबार केन्द्रीय कृषि प्रयोगशालाका बाली संरक्षण अधिकृत द्रोण बहादुर बुढाथोकी र प्रकाश घिमिरे जिल्ला आए । उनीहरुलाई साथैमा लिए कृषि ज्ञान केन्द्र धुलिखेलका प्रमुख डा.जनार्दन खड्का किसानको खेतमा पुगे । टोलीले आलुखेतीको थप अवलोकन गरि नमूना संकलगन गरेर केन्द्रीय कृषि प्रयोगशाला पठायो ।

प्राविधिकले मण्डनदेउपुरका किसानले लगाएको आलुखेतीमा देखिएको समस्या ढुसीजन्य रोग हुन सक्ने आँकलन गरेका छन् । ८० दिन कटिसकेका आलुको बोटका लागि खास ठूलो समस्या नरहेको पालिकाका कृषि शाखा संयोजक गोपालप्रसाद सापकोटाले बताए । तर ५० दिन वा त्यो भन्दा कम दिनका आलुको भने उत्पादन शक्तिमा कमी आउने प्राविधिहरुको ठम्याइ छ ।

कृषि शाखाले यस्ता बोटमा कपर अक्जिक्लेराइड वा ब्लाइटक्स -50 2-3 ग्राम प्रति लिटर पानीमा मिसाइ ७ दिनको अन्तरालमा छर्न किसानलाई आग्रह गरेका छन् । ढुसीनाशक विषादीको प्रयो गरेपछि अहिले लगभग रोग नियन्त्रणमा आएको पालिकाका कृषि शाखा संयोजक सापकोटाले बताए । ‘ढुसीनाशक विषादी प्रयोग गरेपछि अहिले रोग नियन्त्रणमै छ, उनले भने ‘तर उत्पादनमा भने कमी पक्कै हुन्छ ।’

पालिकाकाले कृषि शाखाले यस्तो अवस्थामा जैविक विषादी उपयुक्त नहुने भन्दै अगामी सिजनमा आलु बाली लगाउनु भन्दा पहिले माटोको उपचार, ट्राइकोडर्मा ढुसीनाशक जैविक विषादी माटोमा मिलाउने, प्रांगरिक मलमा ट्राइकोडर्मा उपचार र बीउको उपचार गर्न किसानलाई अनुरोध गरेको छ ।

कृषि शाखाले रासायनिक मलको प्रयोग पनि कृषि प्राविधिको सिफारिसमा मात्रै गर्न भनेको छ । माटोमा चिस्यानको मात्रा नबढाउन तत्काल सिचाई नगर्दा उपयुक्त हुने भन्दै पालिकाका कृषि शाखा संयोजक गोपालप्रसाद सापकोटाले प्रयोगशालामा पठाइएको नमुनाको किसानहरुलाई यथाशक्य छिट्टो जानकारी गराउने र समाधानका आवश्यक उपाय अपनाइने बताए ।

प्रकाशित मिति : २०७६, २२ फाल्गुन बिहीबार  ७ : २५ बजे

मन्त्रिपरिषद्का ७ निर्णय सार्वजनिक, लगानी बोर्डको सीईओमा याङ्की उक्याब नियुक्त

काठमाडौं । सरकारले मन्त्रिपरिषद् बैठकका सात महत्वपूर्ण निर्णय सार्वजनिक गरेको

रेडक्रसका ६२ जिल्ला शाखालाई २१ दिनभित्र बक्यौता बुझाउन निर्देशन

काठमाडौं । नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालयले ६२ वटा जिल्ला

ओलीको आग्रहपछि पनि हिक्मत कार्कीको अडान कायम, आज फेरि निर्णायक छलफल

विराटनगर । नेकपा (एमाले) भित्र कोशी प्रदेशको मुख्यमन्त्री परिवर्तनको विषयमा

अर्थमन्त्री स्वर्णिम वाग्लेले आज राष्ट्र बैंकका कार्यकारी निर्देशकसँग छलफल गर्दै

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज नेपाल राष्ट्र बैंकका

आज यी क्षेत्रमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना, सतर्क रहन मौसम विभागको आग्रह

काठमाडौं । देशभर मनसुनी वायु सक्रिय रहँदा बुधबार केही प्रदेशका