२०८२, ९ चैत्र मंगलबार

बेथानचोक गाउँपालिकामा ३ वटा वडाको पनि नयाँ भवन बन्ने

बेथानचोक गाउँपालिकामा ३ वटा वडाको पनि नयाँ भवन बन्ने


धुलिखेल, २२ फागुनः काभ्रेको बेथान्चोक गाउँपालिकामा तीन वडा कार्यालयको नयाँ भवन बन्ने भएको छ । जिल्ला समन्वय समितिको ६० प्रतिशत अनुदान र पालिकाको बजेटले वडा कार्यालयको नयाँ भवन निर्माण हुनेछ ।

१, ३ र ४ नम्बर वडा कार्यालयको नयाँ भवन बन्न लागेको पालिकाका अध्यक्ष प्रेम बहादुर तिमिल्सिनाले जानकारी दिए । वडा नम्बर २ ले पहिलाकै भवनबाट सेवा प्रवाह गरिरहेको छ ।

५ र ६ नम्बर वडा कार्यालयको भने मर्मतका लागि बजेट विनोजन गरेको प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद सापकोटाले बताए । वडा कार्यालयको नयाँ भवन निर्माणका लागि ६० लाख रुपैयाँ खर्च हुनेछ । नयाँ भवन दुई तल्ले र आठ कोठाको बन्नेछ । नयाँ निर्माण हुने र मर्मत हुने सबै काम चालु आर्थिक वर्षभित्रै सकिने प्रमुख प्रशासकीय अधिकृत सापकोटाले बताए ।

त्यस्तै चालु आर्थिक वर्षभित्रै पालिकाले १ र ३ नम्बर वडामा स्वास्थ्य चौकीको नयाँ भवन बनाउने भएको छ । ४ नम्बर वडाको भने मर्मत गरिनेछ ।

यसैबीच पालिकाले वडा नम्बर २ मा सामुदायिक पुस्कालय सञ्चालनमा ल्याउने भएको छ । त्यसका लागि नयाँ भवन पनि यसै वर्षभित्र बनाइसक्ने गरी काम सुरु भएको पालिकाले जनाएको छ ।

प्रकाशित मिति : २०७६, २२ फाल्गुन बिहीबार  ६ : ०५ बजे

रविको मुद्दामा आज पनि सुनुवाइ हुँदै

काठमाडौं । रवि लामिछानेसँग सम्बन्धित मुद्दामा आज पनि सर्वोच्च अदालतमा

संसदको पहिलो बैठकमा हर्क साम्पाङका ४ प्रस्ताव, एमसीसी खारेज पहिलो एजेन्डा

विराटनगर । हर्क साम्पाङ ले प्रतिनिधिसभाको पहिलो बैठकमै एमसीसी खारेजी

रास्वपाले बोलायो केन्द्रीय समिति बैठक, दलको नेता चयन हुने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समिति बैठक बोलाएको

कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै हस्ताक्षर अभियान

काठमाडौँ । स्वतन्त्र विद्यार्थी यूनियन (स्ववियू), त्रिचन्द्र बहुमुखी क्याम्पसले जेन्जी

गगन थापाको राजीनामा अस्वीकार, कांग्रेसले देखायो ८ आधार

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले सभापति गगन कुमार