२०८३, ३० असार बुधबार

लिसंखुमा जनस्तरबाटै उभ्याइएको झ्याङछ्युब छ्योइलिङ छ्योर्तेन

लिसंखुमा जनस्तरबाटै उभ्याइएको झ्याङछ्युब छ्योइलिङ छ्योर्तेन


लिसंखु, २० फागुनः ‘हातमा औजार हुनेहरू औजार लिएर उठे । हातमा कलम हुनेहरू कलम लिएर उठे ।अनि साथमा केही नहुनेहरू श्रमदान गर्न जुटे ।गाउँ गाउँबाट उठे, बस्ती बस्तीबाट उठे । अरुलाई पनि झकझक्याए । नेपाली चलचित्र बलिदानको गीतमा प्रयोग गरिएका यी शब्द साच्चिकै ब्यवहारमा देख्न पाउँदा खुशी नहुने कुरै भएन ।

भुकम्पअघि ङ्याङ्जो दाजु-भाई दिदी-बहिनीले आफ्नै बलबुताले बनाएको झ्याङछ्युब छ्योइलिङ छ्योर्तेन (स्तुपा) २०७२ साल बैशाख १२ गतेको विनाशकारी भुकम्पले ढलायो । सिन्धुपाल्चोक जिल्लाको लिसंखु–पाखर गाउँपालिका वडा नम्बर २ लिसंखुमा रहेको यो छ्योर्तेन निर्माण गर्दाको दुःख नभुल्दै अर्का दुःख आइलाग्यो । तर ङ्याङजो दाजु-भाई दिदी-बहिनीले आफ्नो आस्था र विश्वासलाई ढल्न दिएनन् । दृढताका साथ अघि बढाए । हातमा–हात मिलाए । काँधमा–काँध । लिसंखुमा मात्रै होइन धेरै ठाउँलाई एउटा गतिलो उदाहारण दिए । एकतामै बल हुन्छ भन्ने ।

अहिले पनि भुकम्पले भत्किएको धेरै धार्मिक र पुरातात्विक संरचना बन्न सकिरहेका छैनन् । सरकारी अनुदानको पर्काइमा छन् । तर झ्याङछ्युब छ्योइलिङ छ्योर्तेन भने ङ्याङ्जो दाजु-भाई दिदी-बहिनीले फेरी एकपटक आफ्नै बलबुताले उभ्याएका छन् । सक्नेले आर्थिक र श्रमदान दुबै सहयोग गरे । नसक्नेले आर्थिक मात्रै । नाडी बलियो हुनेले श्रमदान गरे । यो छ्योर्तेन निर्माणस्थल पुग्दा लाथ्यो, देशको मुहार फेर्न एकले अर्कोको खुट्टा तानेर होइन । हात समाएर अघि बढाउनु पर्ने रहेछ । उमेरमा को सानो, को ठूलो । सबैको हात श्रममा नै लागेको छ । धेरै ङ्याङ्जो दाजु-भाई दिदी-बहिनीले पसिना बगाएका छन् । तर आफ्नो सन्तनीलाई संस्कार र सँस्कृति सिकाएका छन् । समूहमा मिलेर काम गर्दाको फाइदा धेरैलाई अनुभुत गराएका छन् ।

छ्योर्तेनलाई ब्यवस्थित बनाउन झ्याङछ्युब छ्योइलिङ गोन्पा समिति दर्ता गरिएको छ । सरोज ङ्याङजो अध्यक्ष रहेको ११ सदस्यीय समितिले अहिले पुनःनिर्माणको कामलाई अन्तिम चरणमा पुर्याएको हो । ‘यसअघि २०५४ सालमा निर्माण कार्य प्रारम्भ गरेर २०५५ सालभित्रै निर्माण पुरा भएर ह्राप्ने (प्राण प्रतिष्ठा) सकेका थियौँ, उनले भने ‘अहिले समय धेरै लाग्यो तर छ्योर्तेन भुकम्प प्रतिरोधात्मक बनेको छ ।’

यहि समिति अन्तर्गत एउटा ङ्याङजो गुठी छ । जसले ङ्याङ्जो परिवारभित्र राम्रो, नराम्रो काममा मद्दत पुर्याउँछ । हातेमालो गर्छ । गुठीमा सहभागि भएर काठमाण्ठौ बसोबास गर्ने सदस्यले ५० हजार देखि १ लाख रुपैँयासम्म छ्र्योतेन सहयोग गरेका छन् । गाउँमा बस्नेले भने १० हजार सहयोग गरेका छन् । पहिला ३२ फिट मात्रै थियो । अहिले छ्र्योतेन ४८ फिट अग्लो बनेको छ । फराकिलो पनि भएको छ ।

छ्योर्तेन निर्माणमा हालसम्म ६० लाख खर्च भइसकेको छ । जसमा सरकारी सहयोग भनेको पालिकाबाट ६ लाख ७० हजार र वडाको २ लाख रुपैयाँ मात्रै हो । अरु रकम गाउँ, छरछिमेक, देश तथा विदेशमा रहेका ब्यक्तिले पठाएको सहयोग रकमबाटै निर्माण गरिएको हो । ङ्याङ्जो दाजु-भाई दिदी-बहिनीको वर्तमान पुस्ताले भावी पुस्ताका लागि मौलिक कला, धर्म, संस्कृति र संस्कारलाई जर्गेना गरेर हस्तान्तरण गरेको छ । भावी पुस्ताले आफ्नो पूर्वज (पुर्खा) हरुप्रति गर्व र सम्मानका साथ सम्झिरहने अवस्था बनेको छ ।

अहिले छ्योर्तेनको पुनःनिर्माण लगभग सकिएको छ । फागुन २९ गते बौद्ध धर्मका परमपुजनीय धर्म गुरु यिस्हे साङ्पो रेम्पोर्छेको सानिध्यमा ह्राप्ने र बागमती प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरुण नेपालले छ्योर्तेनको समुद्घाटन गर्ने समितिका अध्यक्ष सरोज ङ्याङजोले जानकारी दिए ।

प्रकाशित मिति : २०७६, २० फाल्गुन मंगलबार  ९ : ५५ बजे

सुदूरपश्चिममा कांग्रेस-एमाले गठबन्धन टुट्यो, मुख्यमन्त्री शाहले हटाए एमालेका सबै मन्त्री

धनगढी । सुदूरपश्चिम प्रदेशको सत्ता समीकरणमा ठूलो परिवर्तन आएको छ।

कांग्रेसको आक्रोश “प्रधानमन्त्री किन भाग्दै छन् ?”

काठमाडौं। प्रतिनिधिसभाको बैठकमा नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन शाहमाथि तीव्र राजनीतिक

नेपाल वायुसेवा निगममा नयाँ कार्यकारी नेतृत्व, महेश्वरभक्त श्रेष्ठलाई दोहोरो जिम्मेवारी

काठमाडौं । नेपाल वायुसेवा निगम (नेवानी) ले नयाँ कार्यकारी नेतृत्व

गणेश प्रकरणपछि सडकमा फर्कियो महानगर प्रहरी, ‘सेवा रोकिँदैन’ भन्दै एसएसपी जोशीको सन्देश

काठमाडौं । गणेश नेपालीको मृत्यु प्रकरणपछि केही दिन सडकबाट लगभग

सरकारी विज्ञापनमा एकाधिकार असंवैधानिक, सर्वोच्चले सरकारको निर्णय बदर गर्‍यो

काठमाडौं । सर्वोच्च अदालतले सरकारी विज्ञापन सरकारी स्वामित्वका सञ्चारमाध्यममा मात्रै