२०८३, ३० असार बुधबार

काभ्रे बारको अभियान, स्थानीय तहमा जनप्रतिनिधिसँग कानुनी साक्षत्कार

काभ्रे बारको अभियान, स्थानीय तहमा जनप्रतिनिधिसँग कानुनी साक्षत्कार


धुलिखेल, १३ फाल्गुण :  नेपाल बार एशोसिएशन, काभ्रेले स्थानीय तहसँग सम्बन्धित कानुन तथा जनप्रतिनिधिबीच कानुनी साक्षत्कार कार्यक्रम शुरु गरेको छ । काभे्र बारले आज तेमाल गाउँपालिकाका जनप्रतिनिधि लगायत न्यायिक समितिका पदाधिकारीसँग कानुनी साक्षत्कार कार्यक्रम थालेको हो ।

कार्यक्रममा गाउँपालिकाका अध्यक्ष सलासिं तामाङले गाउँपालिकामा रहेको न्यायिक समितिले सम्पादन गरेको न्याय सम्बन्धी गतिविधी प्रशंसनीय रहेको बताएका थिए । उनले तेमालमा न्यायका लागि गाउँपालिकाभरिका जनतालाई न्यायिक शिक्षा प्रदान गर्न काभ्रे बारसँग सहकार्य गरेर प्रत्येक वडामा कानुनी साक्षत्कार कार्यक्रम सञ्चालन गर्न तयार रहेको बताएका छन् ।

कार्यक्रममा काभ्रे बारका अध्यक्ष देवकुमार मोक्तानले स्थानीय तहले स्थानीय सरकार सञ्चालन ऐन २०७४ अन्तर्गत रहेर गाउँपालिकाले न्याय सम्पादनको क्षेत्रमा काम गर्नुपर्ने बताए । मुक्तानले सुखी र समृद्ध नेपाल निर्माणको अभियान कानुनसँगै जोडिएर आएको हुनाले कानुन कार्यान्वयनमा स्थानीय जनप्रतिनिधि र सरोकारवालाहरु लाग्नुपर्ने बताए । यसैगरी गाउँपालिकाकी उपाध्यक्ष दुर्गामाया तामाङले गाउँपालिकामा ६१ जना मेलमिलापकर्ता र ३ जना न्यायिक समितिले न्याय सम्पादनको काम गरेको बताएकी छन् । उपाध्यक्ष तामाङले गाउँपालिकाका विद्यालयहरुमा पनि कानुनी ज्ञान सम्बन्धी कार्यक्रम सञ्चालन गर्नुपर्ने बताएकी छन् ।

तेमाल गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण कुईकेलले विकास निर्माणको अभियानलाई सहज बनाउन गाउँसभाबाट अहिलेसम्म ऐन, नियमावली र कार्यविधी ७ वटा निर्माण गरिएको बताएका थिए । उनले थप कानुन बनाउनका लागि गाउँपालिकाले र जिल्ला बारसँग सहकार्य गर्ने बताएका छन् । जिल्ला बारको कानुनी सहायता समितिले आर्थिक अभावका कारण कानुनी सेवाबाट बञ्चीत भएकाहरुका लागि कानुनी सेवा प्रदान गदै आएको काभ्रे बारका उपाध्यक्ष विजयभक्त श्रेष्ठले कार्यक्रममा जानकारी गराएका थिए ।

यसैगरी कानुनी साक्षत्कार कार्यक्रममा जिल्ला बारका सचिव मधुसुदन वाग्लेले तीन तहको सरकारले कानुन निर्माण गर्ने अधिकार र कार्यान्वयन गर्ने तहसम्म रहेकाले प्रदेश र संघको कानुनसँग नबाझिने गरी स्थानीय तहले कानुन निर्माण गर्नुपर्ने बताए । तेमाल गाउँपालिकाका प्रवक्ता ज्ञानबहादुर तामाङले पालिकामार्फत सामाजिक सञ्जालमा विभिन्न विक्रितिजन्य सामग्रीहरु पोष्ट गर्नेलाई कारबाहीको दायरामा ल्याउन कस्तो कानुनको आवश्यकता पर्छ ? त्यस्तो कानुन बनाउनका लागि सहजीकरण गर्न जिल्ला बारलाई अनुरोध गरे ।

कार्यक्रममा तेमाल गाउँपालिका वडा नं. २ का अध्यक्ष तेमालसिं तामाङ, जिल्ला बारका कोषाध्यक्ष रामप्रसाद मानन्धर र जिल्ला बार सदस्य परमात्माराम पराजुली लगायतले स्थानीय तहले अवलम्वन गर्नुपर्ने कानुनका आधारभूत विषयमा प्रकाश पारेका थिए ।

कार्यक्रम नेपाल बार एशोसिएशन र तेमाल गाउँपालिकाको संयूक्त आयोजनामा पोखरीनारायणस्थानमा भएको थियो ।

प्रकाशित मिति : २०७६, १३ फाल्गुन मंगलबार  ९ : १० बजे

सुदूरपश्चिममा कांग्रेस-एमाले गठबन्धन टुट्यो, मुख्यमन्त्री शाहले हटाए एमालेका सबै मन्त्री

धनगढी । सुदूरपश्चिम प्रदेशको सत्ता समीकरणमा ठूलो परिवर्तन आएको छ।

कांग्रेसको आक्रोश “प्रधानमन्त्री किन भाग्दै छन् ?”

काठमाडौं। प्रतिनिधिसभाको बैठकमा नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन शाहमाथि तीव्र राजनीतिक

नेपाल वायुसेवा निगममा नयाँ कार्यकारी नेतृत्व, महेश्वरभक्त श्रेष्ठलाई दोहोरो जिम्मेवारी

काठमाडौं । नेपाल वायुसेवा निगम (नेवानी) ले नयाँ कार्यकारी नेतृत्व

गणेश प्रकरणपछि सडकमा फर्कियो महानगर प्रहरी, ‘सेवा रोकिँदैन’ भन्दै एसएसपी जोशीको सन्देश

काठमाडौं । गणेश नेपालीको मृत्यु प्रकरणपछि केही दिन सडकबाट लगभग

सरकारी विज्ञापनमा एकाधिकार असंवैधानिक, सर्वोच्चले सरकारको निर्णय बदर गर्‍यो

काठमाडौं । सर्वोच्च अदालतले सरकारी विज्ञापन सरकारी स्वामित्वका सञ्चारमाध्यममा मात्रै