२०८२, २६ भाद्र बिहीबार

पनौतीमा बन्याे सार्वजनिक सडकमा परेका नीजि जग्गाको लगतकट्टा गर्ने कार्यविधि

पनौतीमा बन्याे सार्वजनिक सडकमा परेका नीजि जग्गाको लगतकट्टा गर्ने कार्यविधि


धुलिखेल, १२ फागुनः काभ्रेको पनौती नगरपालिकाले सार्वजनिक सडकमा परेका नीजि जग्गाको लगतकट्टा गर्न कार्यविधि पारित गरेको छ । नगरपालिकाभित्र सार्वजनिक सडक निर्माण, विस्तार र स्तरउन्नति गर्दा सडकमा पर्ने नीजि जग्गा स्वस्फुर्त निःशुल्क रुपमा लगतकट्टा गरी ब्यवस्थित गर्न कार्यविधि बनाएको नगरपालिकाका बरिष्ठ प्रशासकीय अधिकृत इन्द्रप्रसाद अधिकारीले जानकारी दिए ।

पारित भएको कार्यविधि नगरपालिकाको राजपत्रमा समेत प्रकाशसन भइसकेको छ । अब छिट्टै पहिलो चरणमा १५ दिने सार्वजनिक सुचना जारी गरेर निवेदन माग गर्ने नगरपालिकाले तयारी गरेको छ । ‘यो कार्यविधि ब्यापक छलफलपछि नगर कार्यपालिका बैठकले स्वीकृत हो, बरिष्ठ प्रशासकीय अधिकृत अधिकारीले भने ‘अब छिट्टै कार्यान्वयनमा जान्छौँ, पहिलो चरणमा १५ दिनको सार्वजनिक सुचना निकालेर निवेदन आह्वान गर्छौ, स्थानीय भावना बुझ्छौँ ।’

सार्वजनिक सडकको नापजाँच गर्दा कृषि सडक, कच्ची सडक र पक्की सडकका लागि नगरपालिकाले बनाएको मापदण्डलाई आधार बनाइने बरिष्ठ प्रकाशसकिय अधिकृत अधिकारीले बताए । नीजि जग्गाको लगतकट्टाका लागि उपप्रमुखको संयोजकत्वमा पाँच सदस्यीय नगर स्तरीय समिति समेत गठन गरिनेछ । समितिमा मालपोत र नापी कार्यालयका एक÷एक जना प्रतिनिधि, एक जना वडाध्यक्ष र प्रमुख प्रशासकीय अधिकृत सदस्य रहनेछन् ।

कार्यविधि अनुसार गुनासो सुन्न नगरप्रमुखको संयोजकत्वमा तीन सदस्यीय समिति बन्ने छ । जग्गाको लगतकट्टा गर्दा जग्गा धनीले कुनै शुल्क पनि तिर्न नपर्ने कार्यविधिमा भनिएको छ । ‘कार्यविधिलाई थप सशक्त बनाउन र स्थानीयको गुनासो सुन्न नगरप्रमुख संयोजक रहेको गुनासो सुन्न छुट्टै समिति गठन हुनेछ, बरिष्ठ प्रशासकीय अधिकृत अधिकारीले भने ‘नगरपालिकाभित्र नयाँ सडक निर्माण गर्दा होस वा विस्तार र स्तरउन्नति गर्दा आइपर्ने समस्या समाधान गर्न कार्यविधि बनाएका हौँ ।’

प्रकाशित मिति : २०७६, १२ फाल्गुन सोमबार  २ : ०५ बजे

प्रधानसेनापतिले राष्ट्रको नाममा सम्बोधन गर्दै

काठमाडौं । प्रधानसेनापति अशोकराज सिग्देलले राष्ट्रको नाममा सम्बोधन गर्ने भएका

अख्तियारको केन्द्रीय कार्यालयमा आगजनी

काठमाडौं । सामाजिक सञ्जाल प्रतिबन्ध र व्यापक बेथितीको विरोधमा उत्रिएका

प्रधानमन्त्रीको राजीनापछि सुरक्षा निकायको संयम अपिल

काठमाडौं । प्रधानमन्त्रीको राजीनामा स्वीकृत भएपछि देशभर चर्किएको आन्दोलन नियन्त्रणमा

विशेष अदालतमा आगजनी, प्रदर्शन चर्किंदै

काठमाडौं । राजधानीको विशेष अदालत परिसरमा आज बिहान अज्ञात समूहद्वारा

आन्दोलन नियन्त्रणबाहिर गएपछि प्रधानमन्त्री ओलीले दिए राजीनामा

काठमाडौं । मुलुकभर चर्किएको आन्दोलन नियन्त्रणबाहिर गएपछि प्रधानमन्त्री केपी शर्मा