२०८२, ९ चैत्र मंगलबार

पनौतीमा बन्याे सार्वजनिक सडकमा परेका नीजि जग्गाको लगतकट्टा गर्ने कार्यविधि

पनौतीमा बन्याे सार्वजनिक सडकमा परेका नीजि जग्गाको लगतकट्टा गर्ने कार्यविधि


धुलिखेल, १२ फागुनः काभ्रेको पनौती नगरपालिकाले सार्वजनिक सडकमा परेका नीजि जग्गाको लगतकट्टा गर्न कार्यविधि पारित गरेको छ । नगरपालिकाभित्र सार्वजनिक सडक निर्माण, विस्तार र स्तरउन्नति गर्दा सडकमा पर्ने नीजि जग्गा स्वस्फुर्त निःशुल्क रुपमा लगतकट्टा गरी ब्यवस्थित गर्न कार्यविधि बनाएको नगरपालिकाका बरिष्ठ प्रशासकीय अधिकृत इन्द्रप्रसाद अधिकारीले जानकारी दिए ।

पारित भएको कार्यविधि नगरपालिकाको राजपत्रमा समेत प्रकाशसन भइसकेको छ । अब छिट्टै पहिलो चरणमा १५ दिने सार्वजनिक सुचना जारी गरेर निवेदन माग गर्ने नगरपालिकाले तयारी गरेको छ । ‘यो कार्यविधि ब्यापक छलफलपछि नगर कार्यपालिका बैठकले स्वीकृत हो, बरिष्ठ प्रशासकीय अधिकृत अधिकारीले भने ‘अब छिट्टै कार्यान्वयनमा जान्छौँ, पहिलो चरणमा १५ दिनको सार्वजनिक सुचना निकालेर निवेदन आह्वान गर्छौ, स्थानीय भावना बुझ्छौँ ।’

सार्वजनिक सडकको नापजाँच गर्दा कृषि सडक, कच्ची सडक र पक्की सडकका लागि नगरपालिकाले बनाएको मापदण्डलाई आधार बनाइने बरिष्ठ प्रकाशसकिय अधिकृत अधिकारीले बताए । नीजि जग्गाको लगतकट्टाका लागि उपप्रमुखको संयोजकत्वमा पाँच सदस्यीय नगर स्तरीय समिति समेत गठन गरिनेछ । समितिमा मालपोत र नापी कार्यालयका एक÷एक जना प्रतिनिधि, एक जना वडाध्यक्ष र प्रमुख प्रशासकीय अधिकृत सदस्य रहनेछन् ।

कार्यविधि अनुसार गुनासो सुन्न नगरप्रमुखको संयोजकत्वमा तीन सदस्यीय समिति बन्ने छ । जग्गाको लगतकट्टा गर्दा जग्गा धनीले कुनै शुल्क पनि तिर्न नपर्ने कार्यविधिमा भनिएको छ । ‘कार्यविधिलाई थप सशक्त बनाउन र स्थानीयको गुनासो सुन्न नगरप्रमुख संयोजक रहेको गुनासो सुन्न छुट्टै समिति गठन हुनेछ, बरिष्ठ प्रशासकीय अधिकृत अधिकारीले भने ‘नगरपालिकाभित्र नयाँ सडक निर्माण गर्दा होस वा विस्तार र स्तरउन्नति गर्दा आइपर्ने समस्या समाधान गर्न कार्यविधि बनाएका हौँ ।’

प्रकाशित मिति : २०७६, १२ फाल्गुन सोमबार  २ : ०५ बजे

रविको मुद्दामा आज पनि सुनुवाइ हुँदै

काठमाडौं । रवि लामिछानेसँग सम्बन्धित मुद्दामा आज पनि सर्वोच्च अदालतमा

संसदको पहिलो बैठकमा हर्क साम्पाङका ४ प्रस्ताव, एमसीसी खारेज पहिलो एजेन्डा

विराटनगर । हर्क साम्पाङ ले प्रतिनिधिसभाको पहिलो बैठकमै एमसीसी खारेजी

रास्वपाले बोलायो केन्द्रीय समिति बैठक, दलको नेता चयन हुने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समिति बैठक बोलाएको

कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै हस्ताक्षर अभियान

काठमाडौँ । स्वतन्त्र विद्यार्थी यूनियन (स्ववियू), त्रिचन्द्र बहुमुखी क्याम्पसले जेन्जी

गगन थापाको राजीनामा अस्वीकार, कांग्रेसले देखायो ८ आधार

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले सभापति गगन कुमार