२०८३, ३० असार बुधबार

नेपाल शिक्षक संघद्वारा नमोबुद्धमा दीर्घसेवी शिक्षक सम्मानित

नेपाल शिक्षक संघद्वारा नमोबुद्धमा दीर्घसेवी शिक्षक सम्मानित


धुलिखेल, १० फागुनः नेपाल शिक्षक संघ नमोबुद्ध नगर कार्यसमितिले ३० बर्षभन्दा बढी शिक्षण पेशामा संलग्न ‘दीर्घसेवी’ शिक्षकलाई सम्मान गरेको छ । सम्मानित हुनेमा पूर्णचन्द्र काफ्ले, सुदर्शन खनाल, रमेशप्रसाद खनाल, श्यामसुन्दर श्रेष्ठ, गोकर्ण हुमागाई र विन्द्रनारायण श्रेष्ठ छन् । दोस्रो स्थानीय प्रतिनिधिसभाको अवसर पारेर नगर कार्यसमितिले शिक्षकलाई सम्मान गरेको हो ।

संघले शिक्षणको स्थायी सेवामा प्रवेश गरेका २७ शिक्षकलाई बधाईसहित सम्मान पनि गरेको छ । कांग्रेस केन्द्रीय सदस्य शिवप्रसाद हुमागाईले दोसल्लासहित सम्मान गरेका थिए । सम्मान कार्यक्रममा बोल्दै कांग्रेस केन्द्रीय सदस्य शिवप्रसाद हुमागाईले स्थानीय तहअनुसार पाठ्यक्रम तयार हुन थालेपनि परीक्षा प्रणाली केन्द्रीय भएको भन्दै समानजस्यता नभएको तर्क गरे ।

कांग्रेस जिल्ला सभापति मधुप्रसाद आचार्यले वर्तमान सरकार आएपछि भ्रष्टचारले महामारीको रुप लिएको तर्क गरे । कांग्रेस जिल्ला सचिव दिनेश लामाले नेकपाले सरकारको नेतृत्व लिएपछि प्राज्ञिक क्षेत्र निराश भएको बताए । प्रदेश सभा क्षेत्र नं १(ख) का सभापति रमेशप्रसाद हुमागाईले अहिलेको सरकार विचार र अभिव्यक्ति स्वतन्त्रताको पक्षमा नरहेको बताए ।

कार्यक्रममा नेपाल शिक्षक महासंघ काभ्रेका अध्यक्ष आश्विनप्रसाद चौलागाईले पेशाप्रति इमान्दार हुँदाहुँदै पनि आस्थाका आधारमा दुख दिए महासंघले प्रतिवाद गर्ने बताए । कांग्रेस नमोबुद्ध नगर सभापति कुन्साङ लामाले शिक्षक लगायत सबै पक्ष लडेर लोकतन्त्र ल्याएको भन्दै स्थानीय तहसंग डराउनुनपर्ने तर्क गरे ।

कार्यक्रममा शिक्षक संघ काभ्रेका अध्यक्ष राजेशराज महत, सचिव शम्भु घिमिरे, कांग्रेस जिल्ला सदस्य दिनेश भुर्तेल, रोशी गाउँपालिका उपाध्यक्ष लक्ष्मी बर्तौला, नमोबुद्ध –६ का वडाअध्यक्ष कुलप्रसाद न्यौपाने, जनक बहुमुखी क्याम्पसका प्रमुख हरिहर अधिकारी, नेपाल राष्ट्रिय शिक्षक संगठन नमोबुद्धका अध्यक्ष लक्ष्मी अधिकारी, एकिकृत अखिल नेपाल शिक्षक संगठन नमोबुद्धका अध्यक्ष कुलचन्द्र खनाल, नेपाल तरुण दल नमोबुद्धका सचिव राजीव खनाल, सम्मानित मध्येबाट पूर्णचन्द्र काफ्ले, श्यामसुन्दर श्रेष्ठलगायतले शिक्षा क्षेत्रबारे चर्चा गरेका थिए ।

नेपाल शिक्षक संघ नमोबुद्ध नगर कार्यसमितिका अध्यक्ष दिनेशप्रसाद अधिकारीले आस्थाका आधारमा शिक्षक माथि थिचोमिचो भए शिक्षक संघ अन्यायका विरुद्ध लड्ने प्रतिबद्धता जनाए । सभाले अध्यक्ष दिनेश अधिकारी, सचिव रमेशप्रसाद न्यौपाने, सचिव (अर्थ) विजय खनालले पेश गरेको प्रतिवेदन सर्वसम्मतले पारित गरेको छ । नेपाल शिक्षक संघ नमोबुद्ध गतबर्ष प्रदेश ३ भरमा नै उत्कृष्ट भइ प्रदेशको प्रतिनिधीसभाका अवसरमा सम्मानित भएको थियो ।

प्रकाशित मिति : २०७६, १० फाल्गुन शनिबार  ६ : २६ बजे

सुदूरपश्चिममा कांग्रेस-एमाले गठबन्धन टुट्यो, मुख्यमन्त्री शाहले हटाए एमालेका सबै मन्त्री

धनगढी । सुदूरपश्चिम प्रदेशको सत्ता समीकरणमा ठूलो परिवर्तन आएको छ।

कांग्रेसको आक्रोश “प्रधानमन्त्री किन भाग्दै छन् ?”

काठमाडौं। प्रतिनिधिसभाको बैठकमा नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन शाहमाथि तीव्र राजनीतिक

नेपाल वायुसेवा निगममा नयाँ कार्यकारी नेतृत्व, महेश्वरभक्त श्रेष्ठलाई दोहोरो जिम्मेवारी

काठमाडौं । नेपाल वायुसेवा निगम (नेवानी) ले नयाँ कार्यकारी नेतृत्व

गणेश प्रकरणपछि सडकमा फर्कियो महानगर प्रहरी, ‘सेवा रोकिँदैन’ भन्दै एसएसपी जोशीको सन्देश

काठमाडौं । गणेश नेपालीको मृत्यु प्रकरणपछि केही दिन सडकबाट लगभग

सरकारी विज्ञापनमा एकाधिकार असंवैधानिक, सर्वोच्चले सरकारको निर्णय बदर गर्‍यो

काठमाडौं । सर्वोच्च अदालतले सरकारी विज्ञापन सरकारी स्वामित्वका सञ्चारमाध्यममा मात्रै