२०८३, २१ आश्विन बिहीबार

धुलिखेल नगरपालिकाका ७ सय ६५ जना सिपयुक्त

धुलिखेल नगरपालिकाका ७ सय ६५ जना सिपयुक्त


धुलिखेल, १० फागुनः धुलिखेल नगरपालिकाले हालसम्म ७ सय ६५ जनालाई सिपमुलक तालिम दिएको जनाएको छ । पालिकाले गठन गरेको ५ वटा परिषद् मार्फत सिप लिएका उनीहरुले कुनै न कुनै लघु तथा साना उद्योग स्थापना गरी सामान उत्पादन गरिरहेको नगर प्रमुख अशोक कुमार ब्याञ्जुले बताए । ‘हामी अझै पनि स्थानीयको आवश्यकता र मागका आधारमा सिपमुलक तालिम सञ्चालन गर्ने योजनामै छाँै, नगरप्रमुख ब्याञ्जुले भने ‘सिपले मानिसलाई आत्मनिर्भर बनाउने सहयोग गर्छ, स्थानीय सरकार पहिलो दायित्व हो आत्मनिर्भर बनाउने ।’

नगरपालिकाले महिला परिषद्, आदिवासी जनजाति परिषद्, युवा परिषद्, अपाङ्ग वर्ग परिषद् र दलित वर्ग परिषद् गठन गरेको छ । उत्पादित सामान बिक्रीका लागि नगरपालिकाले कोसेली घर समेत सञ्चालनमा ल्याएको छ । थप बजारिकरणका लागि विभिन्न संघसंस्थासँग सहकार्य गरिरहेको नगरप्रमुख ब्याञ्जुले बताए । ‘तालिम दिएर मात्रै पुग्दै भनेर हामीले उत्पादित घरेलु वस्तुहरु बिक्रि गर्न कोसेली घर नै सञ्चालनमा ल्याएका छाँै, उनले भने ‘त्यो बाहेक अन्य सरकारी तथा गैरसरकारी संघसंस्था समन्वय गरेर धुलिखेल नगरपालिकाभित्र उत्पादित बस्तु विक्री गर्ने काम भइरहेको छ ।

यसैबीच ५ वर्षभित्र नगरका सबै घरधुरीमा एक घर, एक धारा पुर्याउने लक्ष्य अनुसार साविकका वडाहरुमा एकीकृत खानेपानीको काम अन्तिम चरणमा पुगेको नगरपालिकाले जनाएको छ । नयाँ जोडिएको ९, १० र ११ नम्बर वडाका लागि भने डिपबोरिङ्गको काम सम्पन्न भइसकेको नगरप्रमुख ब्याञ्जुले बताए । नगरपालिकाभित्र ७ हजार ६१ घरधुरी संख्या रहेको छ ।

प्रकाशित मिति : २०७६, १० फाल्गुन शनिबार  ६ : ०२ बजे

कांग्रेस नेतृत्व छान्ने मतदान फेरि अनिश्चित, शुक्रबार बिहान ७ बजेबाट हुने

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि

‘पीडितलाई सुरक्षित पुनःस्थापना गरौँ’ : मुख्यमन्त्री थापाको निर्देशन, पुनर्निर्माण तीव्र पारिँदै

हेटौँडा। बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले बाढीपहिरोबाट विस्थापित नागरिकलाई

नोबेल शान्ति पुरस्कार मैले पाउनुपर्छ : डोनाल्ड ट्रम्प

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२६ को नोबेल

उपेन्द्रको आत्मसमीक्षा : ‘सत्ता ताक्दा जनतासँगको दूरी बढ्यो’

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले

स्थानीय चुनावको तयारीमा आयोग, प्रदेशसँगै गर्नेबारे अन्योल

काठमाडौं । निर्वाचन आयोगले आगामी स्थानीय तहको निर्वाचनका लागि आन्तरिक