२०८२, २७ भाद्र शुक्रबार

धुलिखेल नगरपालिकाका ७ सय ६५ जना सिपयुक्त

धुलिखेल नगरपालिकाका ७ सय ६५ जना सिपयुक्त


धुलिखेल, १० फागुनः धुलिखेल नगरपालिकाले हालसम्म ७ सय ६५ जनालाई सिपमुलक तालिम दिएको जनाएको छ । पालिकाले गठन गरेको ५ वटा परिषद् मार्फत सिप लिएका उनीहरुले कुनै न कुनै लघु तथा साना उद्योग स्थापना गरी सामान उत्पादन गरिरहेको नगर प्रमुख अशोक कुमार ब्याञ्जुले बताए । ‘हामी अझै पनि स्थानीयको आवश्यकता र मागका आधारमा सिपमुलक तालिम सञ्चालन गर्ने योजनामै छाँै, नगरप्रमुख ब्याञ्जुले भने ‘सिपले मानिसलाई आत्मनिर्भर बनाउने सहयोग गर्छ, स्थानीय सरकार पहिलो दायित्व हो आत्मनिर्भर बनाउने ।’

नगरपालिकाले महिला परिषद्, आदिवासी जनजाति परिषद्, युवा परिषद्, अपाङ्ग वर्ग परिषद् र दलित वर्ग परिषद् गठन गरेको छ । उत्पादित सामान बिक्रीका लागि नगरपालिकाले कोसेली घर समेत सञ्चालनमा ल्याएको छ । थप बजारिकरणका लागि विभिन्न संघसंस्थासँग सहकार्य गरिरहेको नगरप्रमुख ब्याञ्जुले बताए । ‘तालिम दिएर मात्रै पुग्दै भनेर हामीले उत्पादित घरेलु वस्तुहरु बिक्रि गर्न कोसेली घर नै सञ्चालनमा ल्याएका छाँै, उनले भने ‘त्यो बाहेक अन्य सरकारी तथा गैरसरकारी संघसंस्था समन्वय गरेर धुलिखेल नगरपालिकाभित्र उत्पादित बस्तु विक्री गर्ने काम भइरहेको छ ।

यसैबीच ५ वर्षभित्र नगरका सबै घरधुरीमा एक घर, एक धारा पुर्याउने लक्ष्य अनुसार साविकका वडाहरुमा एकीकृत खानेपानीको काम अन्तिम चरणमा पुगेको नगरपालिकाले जनाएको छ । नयाँ जोडिएको ९, १० र ११ नम्बर वडाका लागि भने डिपबोरिङ्गको काम सम्पन्न भइसकेको नगरप्रमुख ब्याञ्जुले बताए । नगरपालिकाभित्र ७ हजार ६१ घरधुरी संख्या रहेको छ ।

प्रकाशित मिति : २०७६, १० फाल्गुन शनिबार  ६ : ०२ बजे

प्रधानसेनापतिले राष्ट्रको नाममा सम्बोधन गर्दै

काठमाडौं । प्रधानसेनापति अशोकराज सिग्देलले राष्ट्रको नाममा सम्बोधन गर्ने भएका

अख्तियारको केन्द्रीय कार्यालयमा आगजनी

काठमाडौं । सामाजिक सञ्जाल प्रतिबन्ध र व्यापक बेथितीको विरोधमा उत्रिएका

प्रधानमन्त्रीको राजीनापछि सुरक्षा निकायको संयम अपिल

काठमाडौं । प्रधानमन्त्रीको राजीनामा स्वीकृत भएपछि देशभर चर्किएको आन्दोलन नियन्त्रणमा

विशेष अदालतमा आगजनी, प्रदर्शन चर्किंदै

काठमाडौं । राजधानीको विशेष अदालत परिसरमा आज बिहान अज्ञात समूहद्वारा

आन्दोलन नियन्त्रणबाहिर गएपछि प्रधानमन्त्री ओलीले दिए राजीनामा

काठमाडौं । मुलुकभर चर्किएको आन्दोलन नियन्त्रणबाहिर गएपछि प्रधानमन्त्री केपी शर्मा