२०८२, ९ चैत्र मंगलबार

काभ्रेको बनेपामा औद्योगिक प्रदर्शनी तथा घरेलु उद्योग महोत्सव हुने

काभ्रेको बनेपामा औद्योगिक प्रदर्शनी तथा घरेलु उद्योग महोत्सव हुने


धुलिखेल, ९ फागुनः काभ्रेको बनेपामा औद्योगिक प्रदर्शनी तथा घरेलु उद्योग महोत्सव हुने भएको छ । बागमती प्रदेश स्तरीय प्रदर्शनी तथा महोत्सवको आयोजना घरेलु तथा साना उद्योग महासंघ काभ्रेले गरेको हो । महासंघले शुक्रबार बनेपामा पत्रकार सम्मेलन गरिदिएको जानकारी अनुसार फागुन २१ देखि चैत २ गतेसम्म प्रदर्शनी चल्ने छ ।

प्रदर्शनीमा १ सय ७० वटा स्टलहरु रहने छन् । ८० हजारभन्दा बढीले अवलोकन गर्ने महासंघ काभ्रेका अध्यक्ष सुवासना श्रेष्ठले बताइन । प्रदर्शनीमा बागमती प्रदेशको १३ वाटै जिल्लाका महिला उद्यमी र कृषि ब्यवसायमा संलग्न उद्यमीहरु सहभागि हुनेछन् । ‘यो प्रर्दशनी काभ्रे जिल्लाका लागि मात्रै होइन्, हामीले सिँगो बागमती प्रदेशलाई समेट्ने छौँ, उनले भनिन् ‘महोत्सव आयोजक जिल्लाका हिसाबले हाम्रा उद्यमीहरुले फाइदा लिने कुरा अलिक बढी हुनसक्छ, तर सहभागिता सबै जिल्लाबाट उत्तिकै हुन्छ ।’

प्रदर्शनीको एकदिन लघु, घरेलु तथा साना उद्योगबाट उत्पादित सामानको बजार पहुँच, प्रविधि प्रतिस्थापन, स्वदेशी वस्तुको प्रयोग, महिला उद्यमीहरुको अवस्था, अवसर र चुनातीका विषयमा अन्तक्रिया समेत हुनेछ । ‘हामी यो प्रदर्शनीलाई उत्पादित सामानहरु बिक्री गर्ने थलोको रुपमा मात्रै गरिरहेका छौँ, पहिलो कुरा प्रवद्र्धनको हो, अध्यक्ष सुवासना श्रेष्ठले भनिन्, ‘महिला उद्यमीहरुका छुट्टै समस्या, दीर्घकालिन रुपमा कसरी समाधान गर्ने भन्ने विषयमा थप छलफल गरिनेछ ।’

प्रकाशित मिति : २०७६, ९ फाल्गुन शुक्रबार  ६ : १२ बजे

रविको मुद्दामा आज पनि सुनुवाइ हुँदै

काठमाडौं । रवि लामिछानेसँग सम्बन्धित मुद्दामा आज पनि सर्वोच्च अदालतमा

संसदको पहिलो बैठकमा हर्क साम्पाङका ४ प्रस्ताव, एमसीसी खारेज पहिलो एजेन्डा

विराटनगर । हर्क साम्पाङ ले प्रतिनिधिसभाको पहिलो बैठकमै एमसीसी खारेजी

रास्वपाले बोलायो केन्द्रीय समिति बैठक, दलको नेता चयन हुने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समिति बैठक बोलाएको

कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै हस्ताक्षर अभियान

काठमाडौँ । स्वतन्त्र विद्यार्थी यूनियन (स्ववियू), त्रिचन्द्र बहुमुखी क्याम्पसले जेन्जी

गगन थापाको राजीनामा अस्वीकार, कांग्रेसले देखायो ८ आधार

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले सभापति गगन कुमार