२०८२, २४ भाद्र मंगलबार

प्रधानमन्त्री ओलीले गरे मन्त्री बाँस्कोटा र मेयर अशोकको तारिफ (भिडियाे सहित)

प्रधानमन्त्री ओलीले गरे मन्त्री बाँस्कोटा र मेयर अशोकको तारिफ (भिडियाे सहित)


धुलिखेल, ५ फागुनः प्रधानमन्त्री केपी शर्मा ओलीले सुचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बाँस्कोटा र धुलिखेलका मेयर अशोक ब्याञ्जुको तारिफ गरेका छन् । सोमबार धुलिखेल नगरपालिकाको ३४ औँ स्थापना दिवसलाई सम्बोधन गर्न धुलिखेल आएका प्रधानमन्त्री ओलीले मन्त्री बाँस्कोटा र ब्याञ्जुको मुक्तकण्ठले प्रशंसा गरे ।

निकै छोटो समयमा काभ्रे जिल्लाको विश्वविद्यालय, मठमन्दिर, सागसब्जी, फलफुल र राजमार्गको चर्चा गर्न ब्याएका प्रधानमन्त्री ओलीले भने ‘सरकारको विरोध गर्नु पर्यो भने गोकुल जी भए पुग्छ ।’

धुलिखेल नगरपालिकाले काभ्रे जिल्लाको मात्रै होइन सिँगो देशको नेतृत्व गरिरहेको छ । मेयर अशोक ब्याञ्जु धुलिखेलका मात्रै होइन्, देशभरका नगरपालिकाहरुका नेतृत्व गर्ने ठाउँमा हुनुहुन्छ, उहाँभित्र केहि क्षमतावान भएरै त्यो ठाउँमा पुग्नुभएको हो, जुन विश्वासका साथ त्यो ठाउँमा पुग्नुभएको छ त्यसका लागि धन्यवाद ।’ प्रधानमन्त्री ओलीले भने ।

काभ्रे जिल्ला प्रतिभाशाली ब्यक्ति जन्माउने जिल्ला भएको भन्दै उनले राजनीतिक रुपमा हेर्ने हो भने एउटा तुलामा देशभरका एकपट्टी र अर्को पट्टी गोकुल बास्कोटा एक्कै काफि भएको बताए । ‘सरकारको विरोध गर्नुपर्यो भने गोकुल बाँस्कोटा तिर हेर्ने बित्तिकै चुबो लाग्छन् ।’प्रधानमन्त्रीले तारिफ गर्दा एउटै मञ्चमा रहेको मन्त्री बाँस्कोटा र मेयर ब्याञ्जु मुसुमुसु हासिँरहेका थिए ।

मञ्चमा धेरै समय नबिताएका प्रधानमन्त्री ओलीले देशमा हरेक दिन युगान्ताकारी काम भइरहेको बताए । प्रधानमन्त्री ओलीले देशमा भइरहेको काम देखेर दुनियाँ छक्क परिरहेको समेत बताए । उनले काठमाण्डौको तार जमिन मुनि गाड्ने देखि ठूल–ठुला सडक परियोजनाहरु देशमा सञ्चालन भइरहेको भन्दै देशको विकासलाई कसैले छेक्न नसक्ने उल्लेख गरे ।

प्रकाशित मिति : २०७६, ५ फाल्गुन सोमबार  ६ : ५२ बजे

प्रधानसेनापतिले राष्ट्रको नाममा सम्बोधन गर्दै

काठमाडौं । प्रधानसेनापति अशोकराज सिग्देलले राष्ट्रको नाममा सम्बोधन गर्ने भएका

अख्तियारको केन्द्रीय कार्यालयमा आगजनी

काठमाडौं । सामाजिक सञ्जाल प्रतिबन्ध र व्यापक बेथितीको विरोधमा उत्रिएका

प्रधानमन्त्रीको राजीनापछि सुरक्षा निकायको संयम अपिल

काठमाडौं । प्रधानमन्त्रीको राजीनामा स्वीकृत भएपछि देशभर चर्किएको आन्दोलन नियन्त्रणमा

विशेष अदालतमा आगजनी, प्रदर्शन चर्किंदै

काठमाडौं । राजधानीको विशेष अदालत परिसरमा आज बिहान अज्ञात समूहद्वारा

आन्दोलन नियन्त्रणबाहिर गएपछि प्रधानमन्त्री ओलीले दिए राजीनामा

काठमाडौं । मुलुकभर चर्किएको आन्दोलन नियन्त्रणबाहिर गएपछि प्रधानमन्त्री केपी शर्मा