२०८२, १३ फाल्गुन बुधबार

माया साटासाट गर्न काभ्रे !

माया साटासाट गर्न काभ्रे !


काभ्रे, २ फागुन पर्यटकीय यस जिल्लाको भूमी प्रेम उजागर गर्ने प्रेमी जोडीहरुको मलिलो थलो बन्न थालेको छ । पछिल्लो समय नेपाली युवाहरु माझ विस्तार हुदै गएको प्रणय दिवस (भ्यालेन्टाइन डे) मनाउन आउने जोडीहरुको लार्को देखिन थालेको छ । राजधानी काठमाण्डौबाट नजिक, अभिभावकहरुको सम्पर्कबाट केहि समय भएपनि टाढा र काठमाण्डौका कतिपय स्थानहरुमा प्रेम जोडीहरुलाई निषेध गरेपछि केही वर्षदेखि राजधानीका युवायुवतीहरुले काभ्रेलाई प्रेम सम्बन्ध प्रगाढ बनाउने उचित थलोको रुपमा प्रयोग गर्दै आइरहेका छन् ।

शान्त र राजधानीबाट सार्वजनिक यातायातमा समेत कम्तिमा साढे एक घण्टामा पुग्न सकिने विभिन्न पर्यटकीय स्थलहरु प्रेम जोडीको रोजाईमा परे । अन्य बेला समेत जोडीहरुको उल्लेखिय उपस्थिति देखिने जिल्लाको सदरमुकाम धुलिखेल स्थित फिक्निक पार्क, देविस्थान डाँडा, हजार सिडी, पनौतीको त्रिवेणी घाट, नमोबुद्ध, दोलालघाट, पलाञ्चोक, चण्डेश्वी, नगरकोट लगायत पर्यटकीय र शान्त स्थलहरुमा भ्यालेन्टाइन डे मनाउन राजधानी सहित आसपासका जिल्लाबाट प्रेमी जोडी आउने क्रम निकै देखिन्थे ।

यसैबीच शुक्रबार विहान बनेपा, धुलिखेल, पनौती, पाँचखाल, भकुण्डे जस्ता मुख्य–मूख्य बजार क्षेत्रका गिफ्ट पसलहरुमा पोष्टकार्ड, प्रेम अङकित कप, खेलौना, गुलाफको फुल जस्ता समानहरु किन्ने युवायुवतीको संख्या बाक्लै देखिन्थ्यो । फ्लोरिकल्चर एशोसियसन नेपाल काभ्रे शाखाका उपाध्यक्ष भेषराज दनुवारका अनुसार प्रेम दिवसका लागि यो वर्ष ५ हजारको संख्यामा गुलाफको फुल काभ्रे भित्रिएको थियो । जिल्लामा उत्पादन भएको ३ हजार र आयात गरिएको ५ हजार गरी ८ हजार गुलाफको फूल आज बिक्री भएको छ । उपाध्यक्ष दनुवारका अनुसार जिल्लामा उत्पादित र आयात गरिएका गरी २ लाखभन्दा बढीको आर्थिक कारोबार भएको छ ।

प्रकाशित मिति : २०७६, २ फाल्गुन शुक्रबार  ६ : १० बजे

आजको विदेशी विनिमयदर सार्वजनिक

काठमाडौं,। नेपाल राष्ट्र बैंक ले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर

यसपटक सूर्य चिन्हमा मतदान गर्नुहोस्, विकास निर्माणलाई तीव्रता दिनेछु : अमित लामा

बनेपा । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का केन्द्रीय सदस्य एवं

रास्वपाको सभा हेर्न होइन, सहकारी ठगी रवि र ‘सिंहदरबार जलाउने’ बालेन्द्र शाहको अनुहार चिन्न आएको भीड हो : पोखरेल

इटहरी । कोशी प्रदेशको इटहरीमा आयोजित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)

भोट माग्न जब महेश बस्नेतको सुकुम्वासी बस्तीमा भयो प्रवेश, तब घन्कियो नौमति बाजा, नाच्यो सुकुम्वासी बस्ती

भक्तपुर, १२ फागुन । मनोहराको सुकुम्वासी बस्ती, आज मध्यान्हदेखि न्याउली

मनोहरा सुकुम्वासी बस्तीका बासिन्दा भन्छन् : महेश बस्नेत हाम्रो विपदको सारथी

भक्तपुर, १२ फागुन । मनोहराको सुकुम्वासी बस्ती, आज मध्यान्हदेखि न्याउली