२०८२, १२ फाल्गुन मंगलबार

धुलिखेल उद्योग वाणिज्य संघमा बेथितीः अध्यक्षद्वारा गैर ब्यवसायीलाई सदस्यता वितरण

धुलिखेल उद्योग वाणिज्य संघमा बेथितीः अध्यक्षद्वारा गैर ब्यवसायीलाई सदस्यता वितरण


धुलिखेल, २८ माघः धुलिखेल उद्योग वाणिज्य संघको चुनाव नजिकिदै गर्दा वर्तमान अध्यक्ष मञ्जु कुमार कोजुले रातारात फर्जी सदस्य बनाएको सार्वजनिक भएको छ । स्रोतका अनुसार मञ्जु कुमार कोजुले उद्योग वाणिज्य संघका कर्मचारी र पधाधिकारीको मिलेमतोमा रातारात तीन सयको हाराहारीमा नयाँ दर्ता तथा नवीकरण सदस्य थपेको तथ्य बाहिरिएको हो ।

मञ्जु कुमार कोजुले कुनै पनि व्यवसाय नगरेका आफु निकट नेपाली काँग्रेस पार्टीका कार्यकर्ताहरुलाई सदस्य बनाएको पाइएको छ । आफुलाई काँग्रेस धुलिखेलको नेताको रुपमा चिनाउने कोजुलाई अघिल्लो निर्वाचनमा काग्रेँस धुलिखेल नगर समितिले नै असहयोग गरेको थियो । त्यो बेला पूर्व एमाले र पूर्व माओवादी सम्बद्ध ब्यवासयीहरुको सहयोगमा उनी अध्यक्षमा निर्वाचित भएका थिए । पदको लोभले गर्दा अहिले उनी पुनः काँग्रेसबाटै अध्यक्षको प्रत्याशी बनेका छन् ।

निर्वाचनमा मञ्जुलाई सहयोग गर्न नेपाली काँग्रेस काभ्रेले आफु समर्थित ब्यवसायीहरुलाई ह्वीप जारी गरेको पाइएको छ । मञ्जु कुमार कोजुले फर्जि सदस्य बनाउनका लागि उद्योग वाणिज्य संघ धुलिखेलको नाममा आफ्नो छोरा मनिष कोजुको नामबाट एकमुष्ट ४ लाख ११ हजारको चेक बैंकमा दाखिला गरेको स्रोतले जनाएको छ । सो चेक उद्योग वाणिज्य संघको नामबाट २०७६ साल माघ १७ गते शुक्रबार बैंक बन्द हुने अन्तिम समयमा दाखिला भएको पाइएको हो ।

त्यस दिन संघका कार्यालय सचिव कार्यालय आएका थिएनन । तर पनि कार्यालय सचिव र अध्यक्ष मञ्जु कुमार कोजु मिलेर कार्यालयको छाप समेत दुरुपयोग गरेको भेटिएको छ ।

प्रकाशित मिति : २०७६, २८ माघ मंगलबार  ८ : ११ बजे

अमेरिकामा पत्नी र छोरीको हत्या गर्ने नेपालीको प्रहरीको गोलीबाट मृत्यु

काठमाडौँ । अमेरिकाको भर्जिनियास्थित फेयरफ्याक्स काउन्टीमा सोमबार बिहान एक नेपालीले

दाङलाई शैक्षिक तथा प्रविधिक हब बनाउने अभियान तीव्र : शंकर पोखरेल

दाङ । नेकपा एमालेका महासचिव तथा दाङ क्षेत्र नं. २

प्रत्येक मतदान केन्द्रमा ३० स्वयंसेवक खटाइने : ओली

विराटनगर । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा

सर्लाही-४ का लागि गगन थापाको क्षेत्रगत प्रतिज्ञा पत्र सार्वजनिक

सर्लाही । नेपाली कांग्रेस का सभापति गगन कुमार थापा ले

प्रलेसका अध्यक्ष रक्तिम लामाको प्रस्ताव : काभ्रे-१ मा अमित लामालाई निर्विरोध घोषणा गरौँ

काठमाडौं । प्रगतिशील लेखक संघ प्रलेस काभ्रेका अध्यक्ष रक्तिम लामाले