२०८२, १९ भाद्र बिहीबार

तेमाल प्रवेश गर्ने मुख्यद्वार (फोटो फिचर)

तेमाल प्रवेश गर्ने मुख्यद्वार (फोटो फिचर)


धुलिखेल, २६ माघ काभ्रेको तेमाल गाउँपालिकामा प्रवेश गर्ने प्रवेशद्वारको उद्घाटन गरिएको छ । नमोबुद्ध नगरपालिका र तेमाल गाउँपालिकाको संगमस्थल वडा नम्बर ५ कालिमाटीमा निर्माण गरिएको प्रवेशद्वारको आइतबार उद्घाटन गरिएको हो । तेमाल प्रवेशद्वारको उद्घाटन श्याल्पा तेन्जेङ रेम्पोर्छे र पवनश्री ९ औं अवतारी लामागुरुले गरेका हुन् ।

२०७५ सालबाट निर्माण शुरु गरिएको प्रवेशद्वारका लागि गाउँपालिकाले १५ लाख रुपैया बजेट बिनियोजन गरेको थियो । प्रवेशद्वारमा बौद्ध धर्मवलम्बीहरुको पहिचान झल्कने अष्ठमंगल, खोर्लो, बुद्धबाणीहरु लेखिएका छन । तेमालमा दैनिक दुईसयभन्दा बढी आन्तरिक तथा बाह्य पर्यटक घुम्न पुग्ने र प्रवेशद्वार मार्फत नै तेमाललाई चिनाउन मद्दत पुग्ने गाउँपालिकाका अध्यक्ष सलाम सिं तामाङले बताए । ‘तेमाल गाउँपालिकाको मुख्य सडकमा प्रवेशद्वार बनाउनुको खास कारण भनेको कतिपय पुग्न नसक्ने पर्यटकहरुलाई पनि यहिबाटै जानकारी दिनेनै हो, उनले भने ‘यो हाम्रो चिरानी हो, हामीले तेमालको साँस्कृतिलाई सहि ढंगले उपभोग गर्नैपर्छ ।’

पालिकाका उपाध्यक्ष दुर्गामाया तामाङले तेमाललाई पर्यटकीय रुपमा विकास गर्न स्थानीय कलासंस्कृति प्रदर्शन गर्र्नेे र घरबास (होमस्टे) व्यवस्थापनमा लाग्ने बताइन । ‘साँस्कृतिक रुपमा हामी धेरै धनी छौँ, हामीले यसलाई आयआर्जनको स्रोत बनाउनै सकेनौँ, उनले भनिन ‘हामीभित्रको सम्भावनालाई जबसम्म पहिचान गरेर बाहिर ल्याउन सक्दैनौँ तबसम्म सोचे जस्तो समृद्धि, उन्नति र सफलता हात पार्न सक्दैनौ, त्यसले पालिकाले सबैलाई मान्य हुने र साँस्कृतिको उजागर हुने ठोस योजना बनाउँछ ।’

प्रकाशित मिति : २०७६, २६ माघ आईतबार  ७ : ०३ बजे

पुतलीसडकमा माइक्रो बसको ठक्करबाट बालिकाको मृत्यु

काठमाडौं । काठमाडौंको पुतलीसडकमा माइक्रो बसको ठक्करबाट ५ वर्षीया बालिका

वरिष्ठ लोकगायिका इन्दिरा गोले गुरुङको निधन

ललितपुर । वरिष्ठ लोकगायिका इन्दिरा गोले गुरुङको निधन भएको छ।

प्रधानमन्त्री ओली आज स्वदेश फिर्ता हुँदै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज चीन भ्रमण सकेर

एमालेको केन्द्रीय सचिवालय बैठक भदौ १९ गते, विधान महाधिवेशनको तयारी तीव्र

काठमाडौं । नेकपा (एमाले)को दोस्रो विधान महाधिवेशनको पूर्वसन्ध्यामा पार्टी केन्द्रीय

बेइजिङमा ऐतिहासिक गठबन्धनको संकेतस् सी,पुटिन र किम जोङ एउटै मञ्चमा

बेइजिङ । दोस्रो विश्वयुद्धको अन्त्यको ८०औं वार्षिकोत्सवको अवसरमा चीनले आयोजना