२०८२, १५ श्रावण बिहीबार

चौकी आक्रमण गर्ने अझै फेला परेनन

चौकी आक्रमण गर्ने अझै फेला परेनन


धुलिखेल, २६ माघः सिन्धुपाल्चोक जिल्लाको पाँचपोखरी थाङपालधाप गाउँपालिकाको वडा नम्बर ८ स्थित तिपेनीमा रहेको प्रहरी चौकी माथि आक्रमण गर्नेहरु अझै पक्राउ पर्न सकेका छैनन् । आक्रमणमा संलग्न एक जनालाई प्रहरीले आक्रमण भइरहेको बेला नै नियन्त्रणमा लिएको थियो । प्रहरीले अनुसन्धानमा बाधा पुग्ने भन्दै नियन्त्रणमा लिएको ती ब्यक्तिको नाम र ठेगाना खुलाएको छैन ।

पक्राउ परेका ती ब्यक्तिले अन्य ८ जनाको नाम लिएको र खोजी कार्य तीब्र पारेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी निरीक्षक रामचन्द्र घिमिरेले जानकारी दिए । अज्ञात समुहको आक्रमणमा परी गम्भीर घाइते हुनुभएका असई सन्तोष कुमार झाको प्रहरी अस्पताल काठमाण्डौमा उपचार भइरहेको छ । उनको अवस्था सुधारान्मुख रहेको प्रहरी निरीक्षक घिमिरेले जानकारी दिए । अर्का घाइते प्रहरी हवल्दार हरिबहादुर मगर भने उपचारपछि कार्यक्षेत्र फर्किएका छन् ।

मदिरा सेवन गरी आएका युवाहरुको समुहले राति प्रहरी चौकी अगाडी आएर होहल्ला गरेको थियो । ठूल–ठुला स्वरमा कराएपछि सुतिरहेका प्रहरी बाहिर आए । हो हल्ला नगर्न अनुरोध गरे । तर मदिराले लठ्ठिएका युवाहरुले प्रहरी माथि आक्रमण सुरु गरे । पाँच जनाको दरबन्दी रहेको चौकीमा दर्जनभन्दा बढीको संख्यामा युवाहरु प्रहरी माथि जाईलागे । प्रहरीको कार्यालय परिसरभित्रै प्रवेश गरेर अन्धाधुन्ध आक्रमण गरेको प्रहरीको भनाई छ । प्रहरीले आत्मरक्षाको लागि हवाइ फायर गरेपछि मात्रै उनीहरु भागेका थिए ।

प्रकाशित मिति : २०७६, २६ माघ आईतबार  ६ : ५८ बजे

गौतम बुद्धको पवित्र पिपरहवा अवशेषहरू १२७ वर्षपछि इङ्गल्याण्डबाट भारत फिर्ता

काठमाडौं । भगवान गौतम बुद्धको पवित्र पिपरहवा अवशेषहरु १२७ वर्षपछि

सूर्यविनायकमा ५० हजार दर्शक अटाउने रगंशाला निर्माण गर्ने प्रधानमन्त्रीको घोषणा

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले भक्तपुरको सूर्यविनायकमा ५० हजार

सिन्धुली सडक मर्मतका लागि जापानले दिने २.८ अर्ब जापानी येन अनुदान स्वीकार गर्ने सरकारको निर्णय

काठमाडौं । नेपाल सरकार, मन्त्रिपरिषद्को बैठकले बाढीबाट क्षतिग्रस्त सिन्धुली सडकको

यस्ता छन् मन्त्रिपरिषद बैठकका १८ निर्णय (सूचीसहित)

काठमाडौँ । मन्त्रिपरिषदको सोमबारेको बैठकले गरेका विभिन्न १८ वटा निर्णय

कांग्रेस–एमालेबीच छलफल सम्पन्न, मन्त्री हेरफेरबारे चर्चा भएन

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेबीच आज