२०८२, १२ फाल्गुन मंगलबार

चौकी आक्रमण गर्ने अझै फेला परेनन

चौकी आक्रमण गर्ने अझै फेला परेनन


धुलिखेल, २६ माघः सिन्धुपाल्चोक जिल्लाको पाँचपोखरी थाङपालधाप गाउँपालिकाको वडा नम्बर ८ स्थित तिपेनीमा रहेको प्रहरी चौकी माथि आक्रमण गर्नेहरु अझै पक्राउ पर्न सकेका छैनन् । आक्रमणमा संलग्न एक जनालाई प्रहरीले आक्रमण भइरहेको बेला नै नियन्त्रणमा लिएको थियो । प्रहरीले अनुसन्धानमा बाधा पुग्ने भन्दै नियन्त्रणमा लिएको ती ब्यक्तिको नाम र ठेगाना खुलाएको छैन ।

पक्राउ परेका ती ब्यक्तिले अन्य ८ जनाको नाम लिएको र खोजी कार्य तीब्र पारेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी निरीक्षक रामचन्द्र घिमिरेले जानकारी दिए । अज्ञात समुहको आक्रमणमा परी गम्भीर घाइते हुनुभएका असई सन्तोष कुमार झाको प्रहरी अस्पताल काठमाण्डौमा उपचार भइरहेको छ । उनको अवस्था सुधारान्मुख रहेको प्रहरी निरीक्षक घिमिरेले जानकारी दिए । अर्का घाइते प्रहरी हवल्दार हरिबहादुर मगर भने उपचारपछि कार्यक्षेत्र फर्किएका छन् ।

मदिरा सेवन गरी आएका युवाहरुको समुहले राति प्रहरी चौकी अगाडी आएर होहल्ला गरेको थियो । ठूल–ठुला स्वरमा कराएपछि सुतिरहेका प्रहरी बाहिर आए । हो हल्ला नगर्न अनुरोध गरे । तर मदिराले लठ्ठिएका युवाहरुले प्रहरी माथि आक्रमण सुरु गरे । पाँच जनाको दरबन्दी रहेको चौकीमा दर्जनभन्दा बढीको संख्यामा युवाहरु प्रहरी माथि जाईलागे । प्रहरीको कार्यालय परिसरभित्रै प्रवेश गरेर अन्धाधुन्ध आक्रमण गरेको प्रहरीको भनाई छ । प्रहरीले आत्मरक्षाको लागि हवाइ फायर गरेपछि मात्रै उनीहरु भागेका थिए ।

प्रकाशित मिति : २०७६, २६ माघ आईतबार  ६ : ५८ बजे

अमेरिकामा पत्नी र छोरीको हत्या गर्ने नेपालीको प्रहरीको गोलीबाट मृत्यु

काठमाडौँ । अमेरिकाको भर्जिनियास्थित फेयरफ्याक्स काउन्टीमा सोमबार बिहान एक नेपालीले

दाङलाई शैक्षिक तथा प्रविधिक हब बनाउने अभियान तीव्र : शंकर पोखरेल

दाङ । नेकपा एमालेका महासचिव तथा दाङ क्षेत्र नं. २

प्रत्येक मतदान केन्द्रमा ३० स्वयंसेवक खटाइने : ओली

विराटनगर । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा

सर्लाही-४ का लागि गगन थापाको क्षेत्रगत प्रतिज्ञा पत्र सार्वजनिक

सर्लाही । नेपाली कांग्रेस का सभापति गगन कुमार थापा ले

प्रलेसका अध्यक्ष रक्तिम लामाको प्रस्ताव : काभ्रे-१ मा अमित लामालाई निर्विरोध घोषणा गरौँ

काठमाडौं । प्रगतिशील लेखक संघ प्रलेस काभ्रेका अध्यक्ष रक्तिम लामाले