२०८२, ९ फाल्गुन शनिबार

नमोबुद्धमा स्वास्थानीको साङ्गे

नमोबुद्धमा स्वास्थानीको साङ्गे


धुलिखेल, २६ माघ: काभ्रेको सदरमुकाम धुलिखेलमा रहेको सामुदायिक रेडियो नमोबुद्ध एफएम १०६.७ मेगाहर्जले श्री स्वास्थानी ब्रतकथाको अन्तिम दिन साङ्गे गरेको छ । आइतबार रेडियोको कार्यालयमा नैमिषारम्य गुरुकुलका आचार्य गुरु मधुसुदन पराजुली र बटुक मनोज पौडेलको उपस्थितिमा पूजाआजा गरी साङ्गे गरिएको रेडियोका स्टेशन म्यानेजर हिरामान लामाले जानकारी दिए ।

विभिन्न ७ भन्दा बढी जातजातिका भाषाको रेडियो कार्यक्रम उत्पादन र प्रसारण गर्दै आएको रेडियोले श्री स्वास्थानी कथा पनि प्रसारण गरेको थियो । शान्त, समृद्ध र समावेशी नेपालको बेग्लै आवाज भन्ने मुल उद्देश्यका साथ सञ्चालनमा रहेको रेडियोले शान्ति र सद्भाव युक्त समाज निर्माणका लागि विभिन्न समुदाय केन्द्रित कार्यक्रम गर्दै आएको छ ।

रेडियोले स्वास्थानीको कथा पुस २५ गते देखि माघ २६ गते विहानसम्म प्रसारण गरेको थियो । बिहान ५ः३० बजेदेखि ६ बजेसम्म आचार्य गुरु मधुसुदन पराजुली र पुरुषोत्तम रिजालले वाचन गरेका थिए ।

प्रकाशित मिति : २०७६, २६ माघ आईतबार  १२ : ०३ बजे

चियाबारी-खुर्कोट सुरूङ एमालेकै नेतृत्वमा बन्छ : मनोजजंग

सिन्धुली: चियाबारी–खुर्कोट सुरुङ मार्ग निर्माण नेकपा एमालेको नेतृत्वमै सम्पन्न हुने

एमालेको झण्डा जलाउनेलाई कारबाहीको चेतावनी : अञ्जना अधिकारी

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (एमाले)की युवा नेतृ अञ्जना अधिकारीले पार्टीको

तेमालका हजार एमालेमा प्रवेश : अमित लामाद्वारा स्वागत

बनेपा। तेमाल गाउँपालिका-१ सस्र्यूखर्क लामागाउँका हजार सिं तामाङ नेकपा (एमाले)

सप्तरीमा एमाले झण्डा र उम्मेदवारको तस्वीर जलाएको भिडियो सार्वजनिक

राजविराज । सप्तरी निर्वाचन क्षेत्र नम्बर २, महदेवा गाउँपालिकाबाट प्रतिनिधिसभा सदस्य

नेकपाका २ दर्जन कार्यकर्ताले उठाए बिद्रोहको झण्डा, मनोजजंगलाई बिजयी गराउने उद्घोष

सिन्धुली । आगामी फागुन २१ गते हुने प्रतिनिधीसभा सदस्यको निर्वाचन