२०८३, ७ कार्तिक शनिबार

नमोबुद्धमा स्वास्थानीको साङ्गे

नमोबुद्धमा स्वास्थानीको साङ्गे


धुलिखेल, २६ माघ: काभ्रेको सदरमुकाम धुलिखेलमा रहेको सामुदायिक रेडियो नमोबुद्ध एफएम १०६.७ मेगाहर्जले श्री स्वास्थानी ब्रतकथाको अन्तिम दिन साङ्गे गरेको छ । आइतबार रेडियोको कार्यालयमा नैमिषारम्य गुरुकुलका आचार्य गुरु मधुसुदन पराजुली र बटुक मनोज पौडेलको उपस्थितिमा पूजाआजा गरी साङ्गे गरिएको रेडियोका स्टेशन म्यानेजर हिरामान लामाले जानकारी दिए ।

विभिन्न ७ भन्दा बढी जातजातिका भाषाको रेडियो कार्यक्रम उत्पादन र प्रसारण गर्दै आएको रेडियोले श्री स्वास्थानी कथा पनि प्रसारण गरेको थियो । शान्त, समृद्ध र समावेशी नेपालको बेग्लै आवाज भन्ने मुल उद्देश्यका साथ सञ्चालनमा रहेको रेडियोले शान्ति र सद्भाव युक्त समाज निर्माणका लागि विभिन्न समुदाय केन्द्रित कार्यक्रम गर्दै आएको छ ।

रेडियोले स्वास्थानीको कथा पुस २५ गते देखि माघ २६ गते विहानसम्म प्रसारण गरेको थियो । बिहान ५ः३० बजेदेखि ६ बजेसम्म आचार्य गुरु मधुसुदन पराजुली र पुरुषोत्तम रिजालले वाचन गरेका थिए ।

प्रकाशित मिति : २०७६, २६ माघ आईतबार  १२ : ०३ बजे

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना

रुकुम पश्चिममा ढुङ्गा प्रहारबाट ६ वर्षीय बालकको मृत्यु

काठमाडौं । रुकुम पश्चिमको बाफिकोट गाउँपालिकामा ढुङ्गा प्रहारबाट ६ वर्षीय

सुनौलो धानले सिँगारियो वीरेन्द्रनगर उपत्यका

सुर्खेत । चारैतिर हरिया पहाड र डाँडाकाँडाले घेरिएको सुर्खेतको वीरेन्द्रनगर

२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ३३६ जनालाई कारबाही

काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ३३६ वटा सवारीसाधनका

दशैंको टीकाको चौथो दिन : टीका-जमरा लगाउने क्रम जारी

काठमाडौँ । विजयादशमीको मुख्य दिनदेखि सुरु भएको दशैंको टीका लगाउने