२०८२, २७ भाद्र शुक्रबार

पनौतीका ३ सय किसानले पाए भैँसीको पाडी (फोटो फिचर)

पनौतीका ३ सय किसानले पाए भैँसीको पाडी (फोटो फिचर)


धुलिखेल, २५ धुलिखेलः पनौती नगरपालिकाले यो वर्षका लागि भैँसीको पाडी वितरणको काम सकाएको छ । पालिकाले शुक्रबार वडा नम्बर १२ भूमिडाँडाका ५० जना किसानलाई पाडी वितरण गरेर कार्यक्रम सकाएको हो । यो वर्ष नगरपालिकाले ३ सय वटा पाडी वितरण गरेको नगरप्रमुख भिमप्रसाद न्यौपानेले जानकारी दिए ।

आफ्नो बार्षिक नीति तथा कार्यक्रममै भैँसी जोगाउ अभियान चलाउने योजना समावेश गरेको नगरपालिकाले पुस दोस्रो साता वडा नम्बर १ का ४२ जना किसानलाई भैसीको पाडी वितरण गरेर कार्यक्रमको सुरुवात गरेको थियो । “भैँसी सरंक्षण, संवद्र्धन र अनुवंशिक सरंक्षणका लागि पनौती नगरपालिकाको अभियान“ भन्ने मूल नाराका साथ वडा नम्बर १ देखि वडा नम्बर १२ सम्म भैँसीको पाडी वितरण गरिएको हो ।

नगरपालिकाले वडा नम्बर १ मा ४२ वटा, २ मा ३५ वटा, ३ मा ३० वटा र सात नम्बर वटामा ३ वटा मात्रै पाडी वितरण गरेको छ । त्यस्तै वडा नम्बर ४, ५, ६, ८, ९, १० र ११ मा २०/२० वटा भैँसीको पाडी वितरण गरिएको छ ।

पाडीको माग गर्दै नगरपलिकाभित्रका बाह्र वटा वडाका एक हजार किसानले निवेदन दिएका थिए । निवेदन दिएका तर यो वर्ष नआएका किसानलाई अर्को वर्ष त्यहि निवदेनका आधारमा पाडी वितरण गरिनेछ । नगरपालिकाले पाडीको बिमा, औषधी उपचार खर्च र सुत्केरी भत्ता पनि प्रदान गर्दै आएको छ ।

प्रकाशित मिति : २०७६, २५ माघ शनिबार  ९ : ३५ बजे

प्रधानसेनापतिले राष्ट्रको नाममा सम्बोधन गर्दै

काठमाडौं । प्रधानसेनापति अशोकराज सिग्देलले राष्ट्रको नाममा सम्बोधन गर्ने भएका

अख्तियारको केन्द्रीय कार्यालयमा आगजनी

काठमाडौं । सामाजिक सञ्जाल प्रतिबन्ध र व्यापक बेथितीको विरोधमा उत्रिएका

प्रधानमन्त्रीको राजीनापछि सुरक्षा निकायको संयम अपिल

काठमाडौं । प्रधानमन्त्रीको राजीनामा स्वीकृत भएपछि देशभर चर्किएको आन्दोलन नियन्त्रणमा

विशेष अदालतमा आगजनी, प्रदर्शन चर्किंदै

काठमाडौं । राजधानीको विशेष अदालत परिसरमा आज बिहान अज्ञात समूहद्वारा

आन्दोलन नियन्त्रणबाहिर गएपछि प्रधानमन्त्री ओलीले दिए राजीनामा

काठमाडौं । मुलुकभर चर्किएको आन्दोलन नियन्त्रणबाहिर गएपछि प्रधानमन्त्री केपी शर्मा